माङसेबुङमा वातावरण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम

  नयाँ बुलन्द  120 पटक हेरिएको

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ इभाङमा वातावरण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा बुलन्द आवाज मिडिया प्रालि इलामको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका ५५ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सुनगाभा विकास संस्थाका सहजकर्ता सरोज फागो र बुलन्द आवाज मिडिया प्रालिका अध्यक्ष तथा नयाँ बुलन्द टडकमका सम्पादक राम योङहाङले सहजीकरण गरेका थिए ।

बुलन्द आवाज मिडिया प्रालिका अध्यक्ष योङहाङको अध्यक्षता र माङसेबुङ गाउँपालिका २ का अध्यक्ष पुष्पराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीका तर्फबाट श्यामबहादुर जवेगू र उपासना लिम्बूले प्रतिक्रिया मन्तवय राखेका थिए । वडा अध्यक्ष कार्कीले वातावरण संरक्षण र सरसफाईका लागि आफ्नो वडा र गाउँपालिकाले आगामी दिनमा समेत विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार