ग्रामीण भेगको वातावरण दुषित हुन नदिन डस्टविन वितरण

  नयाँ बुलन्द  81 पटक हेरिएको

इलाम : इलामको चुलाचुलीमा नवजागरण नेपालले वातावरण संरक्षण र सरसफाई सम्वन्धी अभिमुखीकरण कार्यक्रम गर्दे डस्टविन वितरण गरेको छ ।

ग्रामीण भेगको वातावरणलाई संरक्षण र दुषित हुन नदिन सो कार्यक्रमको आयोजना गरिएको नवजागरण नेपालका अध्यक्ष निशेष राईले जानकारी दिनुभयो । चुलाचुली गाउँपलिका संगको समन्वयमा संस्थाले चुलाचुली ५ लाई मुख्य क्षेत्र बनाएर सरसफाई सम्वन्धी अभिमुखीकरणको आयोजना गर्दे डस्टविन वितरण गरेको हो ।

कार्यक्रममा चुलाचुली ५ मा रहेका करिव १४ वटा टोल विकाश संस्था, विद्यायहरु, मन्दिरहरु तथा महत्वपुर्ण सार्वजनिक स्थलहरुमा फलामको स्टेण्ड सहित कुहिने र नकुहिने फोहोरका लागी छुटछुट्टै डस्टविन वितरण गरीएको संस्थाका सदस्य मौषम साम्पाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार