माङसेबुङमा यौनजन्य दुर्व्यवहार न्युनीकरण सम्बन्धी कार्यक्रम

  नयाँ बुलन्द  170 पटक हेरिएको

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ इभाङमा बालक्लब गठन तथा यौनजन्य दुर्व्यवहार न्युनीकरण सम्बन्धी एक दिवसीय कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

माङसेकुङ गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा माङसेकुङ १ र २ का वडास्तरीय बालक्लबका १८ बालबालिका सहित ५ संरक्षक शिक्षकको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामका अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले गरेका थिए ।

कार्यक्रममा बालबालिका, बाल अधिकार, बालबालिका विरुद्ध हुने अपराधहरु, यौन दुर्व्यवहार तथा यौनजन्य दुर्व्यवहार, जबरजस्ती करणी, जबरजस्ती करणीमा संलग्नलाई हुने कैद सजाय, यौनजन्य दुर्व्यवहार न्युनीकरणका लागि बालक्लब, समुदाय र सरोकारवालाको भूमिका लगायतका विषयमा छलफल भएको थियो ।

वडा अध्यक्ष पुष्पराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा इभाङ माध्यमिक विद्यालयका शिक्षक युवराज बस्नेत, इभाङ आधारभूत विद्यालयका शिक्षक भाष्कर बस्नेत, सरस्वति आविका शिक्षक अरुणकुमार राई, जनताकल्याण आविका शिक्षक दुर्गा लावती र वरभञ्‍ज्याङ आविका शिक्षक कुलबहादुर लिम्बूलगायत सहभागी बालबालिकाले समेत प्रतिक्रिया मन्तव्य राख्दै कार्यक्रम प्रभावकारी भएको बताएका थिए ।

कार्यक्रमको संचालन सामाजिक परिचालक कमला बुढाथोकीले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार