मृगौला प्रत्यारोपण गरेका बिरामीलाई ४२ हजार निर्वाह भत्ताको व्यवस्था

  सुजता सुनुवार  144 पटक हेरिएको

इलाम : जिल्लाका १० स्थानीय तह मध्येको इलामको देउमाई नगरपालिकामा मृगौला प्रत्यारोपण गरेका बिरामीलाई रु ४२ हजार निर्वाह भत्ता दिने व्यवस्था गरिएको छ । नगरपालिकाले बिरामीलाई प्रति व्यक्ति मासिक रुपमा रु तीन हजार पाँच सयका दरले वर्षमा रु ४२ हजार रुपैँया निर्वाह भत्ता दिने व्यवस्था गरेको हो ।

नगरको पाँचौ नगरसभाले मृगौला प्रत्यारोपण गरेका विरामीलाई जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले निर्वाह भक्ता दिने व्यवस्था गरेको नगरपालिकाले जानकारी दिएको छ । यस्ता व्यक्ति नगरमा कति छन् भन्ने तथ्याङ्क भने आगामी साउन महिनाबाट संकलन कार्य थालनी गरिनेछ । यस्तै यही नगरसभाले नगरपालिकाका नौ वटा वडाका प्रति वडा एक जना गरी नौ जनालाई निःशुल्क इन्जिनियरिङ्ग विषयमा पढाउने व्यवस्था समेत गरिएको छ ।

नगर क्षेत्रमा शुरु भएका भौतिक पूर्वाधारका कामलाई निरन्तरता दिन र स्थानिय स्तरमा नै योग्य जनशक्ति तयार पार्नको लागि निःशुल्क शिक्षाको अवधारणा अनुरुप यो अवसरको व्यवस्था गरिएको नगर प्रमुख सूर्य पोख्रेलले बताए ।

्नगरमा एकल पुरुषलाई भत्ता, जन्मदा र मृत्यु संस्कारमा आर्थिक सहयोग, बसाँई सरी नगर आउनेलाई जस्ता र घर निर्माणमा सहयोग जस्ता कार्यक्रम भने गत वर्षबाटै सञ्चालन भईरहेको छ । आर्थिक वर्ष २०७६÷०७७ को लागी नगरमा रु ५७ करोड ४९ लाख ७० हजार बजेट विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार