भाषा बचाउन संस्थागत रुपमा अगाडी बढ्नुपर्छ

  सुजता सुनुवार  119 पटक हेरिएको

इलाम : भाषा बचाउन सस्थागत रुपमा अगाडी बढ्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । तिन दिने मातृभाषा शिक्षक प्रशिक्षक तथा सरोकारवालाहरुको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको उत्घाटन सत्रका सहभागीले यस्तो बताएका हुन् ।

तीन दिनसम्म चल्ने कार्यक्रम इलामको इलाम नगरपालिकास्थित नेपाल आदीवासी जनजाति महासंघको भवनमा सुरु भएको हो । १६ वटा आदीवासी जनजातिका बसोबास भएको जिल्ला इलाममा भाषाको प्रयोग गर्नेको संख्या निरन्तर घट्दो क्रममा रहेको पाइएको छ । यसले एक जनाको मात्र होइन सिंगो जनजाति समुदायको सृजनात्मकता लोप हुदै जाने चुनौती थपिएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए ।

भाषालाई बचाउन सबैले वातावरण तयार पार्नु पर्नेमा सबैलाई कार्यक्रम मार्फत आग्रह गरिएको थियो । महासंघका अध्यक्ष चक्र एक्तेन अभिसेकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरीका १० शिक्षकहरुको सहभागीता रहेको छ ।

कार्यक्रममा कार्यक्रमको औचित्यकोबारेमा महासंघ उपाध्यक्ष दिपक गुरुङ्गले जानकारी गराउनु भएको थियो । नेपाल आदीवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष किरण सुनुवार र महासंघ सल्लाहकार जेवी वलुङ्गेलीले सहजीकरण गर्नुहुने कार्यक्रम इलाम नगरपालिकाको सहयोगमा नेपाल आदीवासी जनजाति महासंघ जिल्ला सम्वनय परिषद इलामको आयोजनामा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार