शेर्पाद्वारा इलाम अस्पताललाई १४ थान जर्सी !

इलाम : इलाम सदरमुकामस्थित शेर्पाज साइबर एण्ड ट्रेनिङ सेन्टरका प्रोपाइटर लप्साङ शेर्पाले इलाम अस्पतललाई १४ थान जर्सी उपलब्ध गराएका छन् ।

शेर्पाले करिब १२ हजार बराबरको जर्सी इलाम अस्पतालका प्रमुख पवनजंग रायमाझीलाई हस्तान्तरण गरेका हुन् ।

शनिबार ठूलो टुँडिखेलमा संचालन हुने फ्रेन्ड्ससिफ फूटबल म्याचका लागि अस्पताल टिमका लागि शेर्पाले जर्सी उपलब्ध गराएका हुन् । शनिबार इलाम अस्पताल र बैंकर्स टिमबीच प्रतिष्पर्धा हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार