असारे कामले लिन्छ ज्यान् ।

  टीआर सेनेहाङ
7 Shares


तेह्रथुम  – असार ७ गते बिहान ८ बजे तिर लालीगुराँस नगरपालिका–४ पुलेकका ज्यालामजदुरी गर्ने तीनजना कामदारलाई ७ फिट लामो सिमेण्टको ढलानले किच्यो । ३० मिटर लामो आलो ढलानले कुमार दाहाल,तोकबहादुर गुरुङ र निङमाकाजी सेर्पालाई एकैसाथ काम गर्ने क्रममा एक्कासी ढलेर किचे पछि उनिहरु संगै काम गरिरहेका सबैकामदार आत्तिए । नजिकै रहेको कोशी करिडोर बिद्युत प्रसारण लाईनले प्रयोग गर्दै आएको क्रेनको सहायताले घाईतेहरुको ज्यान बच्यो । तेह्रथुम र धनकुटाको सिमानामा रहेको चित्रेबजार नजिक कालिपोखरीमा काम गरिरहेका उनिहरुको ज्यान झण्डै ढलानले लियो । घाईतेहरुलाई तुरुन्तै उपचारका लागी बिपि कोईराला श्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईयो ।

चित्रेबजार नजिकै रहेको धनकुटाको महालक्ष्मी नगरपालिका–८ मा पर्ने पर्यटकिय स्थल कालिपोखरी मर्मत तथा सुधारका लागी अहिले दु्रतगतिमा काम भईरहेको छ । आर्थिक बर्ष सकिन लाग्दा कामको निकै चटारो छ त्यहा । असार २७ सम्ममा विल पेश गरिसक्नुपर्ने भएकाले कामको गति बढाईएको निर्माण समितीका अध्यक्ष नारद कटुवालले बताए । भने ‘करिब तीन दर्जन बढिले काम गरिरहेका छन्।’ काम कसरी चाडो सक्ने सुर्ताले गर्दापनि मापदण्ड अनुसारको काम नभएको स्थानिय दुर्गा कार्कीले बताए । ‘समिती छाने,मिलाएर खाने’ उनले आरोप लगाए ।

प्रदेश–नं. १ को आ.व.२०७५/७६ मा खर्च हुने गरि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चित्रे कालापोखरी तथा सिंहबाहिनी मन्दिर पदमार्ग निर्माणका लागी ५० लाख बजेट छ । सुरुमा प्रदेश सभाले चित्रे–पटेक डाँडा–मार्गा पोखरी–रमिते डाँडाको एकीकृत पर्यटन विकासका लागि डेढ करोड रुपैयाँ पास गरेको आयोजनाका प्रमुख सुनिल कुमार कर्णले बताए । ‘पछि संसोधन भएर योजनाहरु बाढिदा काम ढिलो मात्र सुचारु भएको हो’ उनले भने ।

चित्रे कालापोखरी तथा सिंहबाहिनी मन्दिर पदमार्ग निर्माणका लागी चित्रे बजार व्यावस्थापन समितीले जेठ ११ मात्रै योजना सम्झौता ग¥र्यो । कामको लागत स्टमेट बनाउन कोही ईन्जिनियरलाई फुर्सद थिएन । दुई जिल्ला धाउदा बल्लतल्ल १२ दिनपछि स्टमेट निर्माण गरिएको समितीका अध्यक्ष कटुवालको भनाई छ । जेठ २५ गतेबाट काम थालेको निर्माण समितीले करिब २८ दिनभित्र ५० लाखको काम सक्नुछ । ‘मान्छे धेरै लगाएको छु सायद काम सम्पन्न हुन्छहोला’ कटुवाल विश्वस्त छन् । एकसमय मिटर लम्बाई र ३० मिटर चौडा भएको उक्त पोखरी वरिपरी स्टिल रेलिङ,फुट टायल्स,साईटमा ठाडो ढलाई अनि लेबलिङ गरिसक्नु पर्ने स्टमेटमा उल्लेख छ । तर अहिले सम्म ४० प्रतिशत मात्र काम सकिएको छ ।

असार भित्रै कामसक्नुपर्ने,
ढिलो मात्र योजना सम्झौता भएपछि अधिकांश ठाँउमा काम गर्न ढिलाई भएको छ । हतारमा काम गर्दा निर्माणका सामग्री कमसल खालका प्रयोग हुने र जोखिम निम्तिने चित्रेबजारका राम रायले बताए । ‘कार्यकर्ता तथा आफन्तको मुख बन्द गर्नका लागी जेठको टुप्पोमा बजेट दिएर झारो टार्ने प्रथा अन्त्य नभएसम्म विकास हुदैन’ भने ।

प्रदेशको बजेटबाटै लालीगुराँस नगरपालिकामा पर्ने कैलाश हिल–पाथिभरा मन्दिर हुँदै लसुने बजारसम्मको पैदलमार्ग निर्माणका लागि रु.५० लाख , तीनजुरे–पाँचपोखरी पदमार्ग मर्मत र स्तरोन्नतिका लागि रु.२० लाख बजेट छ । उक्त बजेट अन्र्तगत लालीगुराँस नगरपालिका–१ मा समिती गठन भई करिब एक महिना अघिदेखी मात्र निर्माणको कार्य अगाडी बढेको छ । ढिलो काम सुरु गरेर चाडो सक्ने प्रवृत्तीले स्थाई काम नहुनेमा स्थानियबासी निरास छन् । असारे काम कामको गुणस्तर भन्दापनि दाममा मात्र लक्षित हुने गरेको बसन्तपुरका रविकिरण लिम्बुले बताए । ‘प्रदेश सरकार मार्फत आएका सबै योजनाका निर्माण कार्य जेठबाट मात्रै सुरु भए’ भने ।

स्थानिय सरकार र प्रदेस सरकार बिच तालमेल भएन,
प्रदेश–नं. १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आ.व.मा लागीगुराँस नगरपालिकामा मात्रै तीनवटा योजना संचालन भएका छन् । पर्यटन बिकासका लागी नगरपालिकाको वडा नं. १ र ७ मा कैलाश हिल–पाथिभरा मन्दिर हुँदै लसुने बजारसम्मको पैदलमार्ग र तीनजुरे–पाँचपोखरी पदमार्ग मर्मत तथा स्तरोन्नतिका शिर्षकमा बजेट छुट्टिए । अर्को योजना वडा नं.–४ मा चित्रे–पटेक डाँडा–मार्गा पोखरी–रमिते डाँडाको एकीकृत पर्यटन विकास नामको योजना संचालनमा रहेको छ । सबै क्षेत्रमा अहिले धमाधम काम भईरहेको छ । तर यी तीनै योजना सम्पन्न गर्न उद्योग, पर्यटन मन्त्रालयबाट नगरपालिकामा कुनै परिपत्र नभएको नगर प्रमुख अर्जुन मावोहाङले बताए । ‘प्रदेश सभा सदस्य लछुमन तिवारीले सोझै वडाध्यक्षलाई आफ्नो लेटरप्याडमा पत्र पठाएका रहेछन्’ भने । वडाले पनि नगरलाई थाहा नै नदिई उपभोक्ता समिती गठन गरेर योजना संचालनमा ल्याए । प्रदेस सरकारले स्थानीय सरकारको अधिकार मिचेर वडाध्यक्ष र नगरप्रमुखको दूरी बढाइदिंदा असहज स्थिति पैदा भएको प्रमुख मावोहाङको गुनासो छ । प्रदेशका लागि कानून बनाउनुपर्ने व्यक्तिले वडाध्यक्षलाई विकास–निर्माणका लागि उपभोक्ता समिति बनाइदिन पत्र पठाउनु कानुन संवतः नभएको नगर उप–प्रमुख तिला पोख्रेलले बताईन् ।‘प्रदेश सभाले पास गरेका योजनाहरू मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने र त्यसका लागि मन्त्रालयका कर्मचारीले परिपत्र गर्ने प्रावधान छ’ भनिन् ।

प्रदेश सरकारका अन्य मन्त्रालयका निकायले पनि नगरपालिकालाई पत्तै नदिई योजना सम्झौता गराईरहेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन कार्यालय धनकुटाले लागीगुराँस न.पा.–४ मा भुल्केडाँडा मोडबाट चम्फुला सडक निर्माणमा वडाध्यक्षको सिफारिशमा उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।

स्थानिय सरकार संचालन ऐनमा वडाको काम,कर्तव्य र अधिकार कार्यपालिकाले तोकेबमोजिम हुने उल्लेख भएपनि वडाध्यक्षहरुले पनि ऐन पालना नगरेको नगर प्रमुख मावोहाङको दावी छ । ‘योजना सम्पन्न गर्न समयमै ठेक्का खुलाउनुको साटो प्रदेश सरकारले अघिल्लो वर्ष विनियोजित रकमलाई असारे बजेटमा परिणत गराएको छ’ भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार