मिर्गौला पीडित सुनुवारलाई पाथीभरा मिडिया ग्रुपद्वारा ३ लाख ८९ हजार सहयोग

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ सिङलाबुका मिर्गौला पीडित आशिष सुनुवारलाई ३ लाख ८९ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिएको छ ।

पाथीभरा मिडिया ग्रुप प्रवास नेपालले एक कार्यक्रम आयोजना गरी मिर्गौला पीडित आशिष सुनुवार बचाउ अभियानलाई सो रकम हस्तान्तरण गरेको हो ।

माङसेबुङ ५ स्थित रेडियो माङसेबुङको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ-५ का वडा अध्यक्ष नरेन्द्रकुमार राईको हस्तबाहुलीबाट रकम हस्तान्तरण गरिएको हो ।

रकम मिर्गौला पीडित आशिष सुनुवार बचाउ अभियानका अनिस सुनुवारलाई हस्तान्तरण गरिएको थियो । यस्तै सनारुङ क्लबले पनि ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेको छ ।

कार्यक्रममा माङ्गेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङ्हाङ, आत्मानन्द सेइङ् बहुमुखी क्याम्पसका प्रमुख होम लिङ्देन, समाजवादी पार्टी नेपालका अध्यक्ष किसन खजुम, जुनु माखिमलगायतले स्वास्थ्य लाभको कामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार