इलाममा असुरक्षित गर्भपतन गराउने बढे

  नयाँ बुलन्द  160 पटक हेरिएको

इलाम : असुरक्षित गर्भपतन गराउनेको संख्या वृद्वि भइरहेको इलाम अस्पतालले जनाएकाे छ ।

इलाम अस्पतालसहित २१ वटा स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा उपलब्ध भएपनि चेतना अभावका कारण महिलाहरु जोखिम मोलेर असुरक्षित गर्भपतन गराइरहेका छन् ।

असुरक्षित गर्भपतनले स्वास्थ्यमा जटिलता देखिएपछि चालू आवमा ९१ महिला थप उपचारका लागि जिल्ला अस्पताल आएका छन् । सबै स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध भए पनि असुरक्षित गर्भपतन गर्ने क्रम अझै नरोकिएको र स्थानीय महिलाले औषधि पसलमा गर्भपतनको औषधि किनेर खाने गरेको निमित्त जनस्वास्थ्य प्रमुख टंक चौधरी बताउनुहुन्छ ।

आव २०७३/७४ मा असुरक्षित गर्भपतनका कारण देखिएको जटिल उपचारका लागि ८५ महिला इलाम अस्पताल पुगेका थिए । २०७२/७३ मा ९१ महिलाले असुरक्षित गर्भपतनपछि जिल्ला अस्पतालबाट स्वास्थ्य उपचार सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।

इलाम अस्पतालमा जुनसुकै अवस्थाको गर्भपतन गर्न जिल्लाका २० स्वास्थ्य संस्थामा नौ देखि १२ हप्तासम्मको गर्भपतन गराउन मिल्ने सेवा उपलब्ध छ ।

जिल्ला बाहिरका स्वास्थ्य संस्थाबाट मात्रै चालू आर्थिक वर्षको नौ महिनामा ६ सय ६ जना महिलाले गर्भपतन सेवा लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार