चिया अनुसन्धान केन्द्रका लागि पाँच करोड

  नयाँ बुलन्द
0 Shares

इलाम : सूर्योदय नगरपालिकामा चियाको अनुसन्धान केन्द्र बनाउन पाँच करोड रुपैयाँ बजेट विनियोजन गरी काम शुरु गरिएको छ ।

२६ करोडको लागतमा कन्याम क्षेत्रमा चिया अध्यागमन केन्द्र निर्माण हुन लागेको हो । जिल्लाको सबैभन्दा बढी चिया उत्पादन हुने यस नगरपालिकामा चिया अनुसन्धानको भवन निमार्णका लागि नक्सा बनाई सकिएको र इलामको कन्याममा टी टेस्टिङ् र अनुसन्धान केन्द्रको निर्माण हुने सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो ।

प्रदेश नम्बर १ सरकारले कन्याममा टि टेस्टिङ सेन्टरको लागि बजेट वक्तव्यमा सार्वजनिक गरिसकेको थियो । बजेट भाषणमा प्रदेश १ मा चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना गर्न पहल गरिने भनिएको थियो ।

प्रमुख राईका अनुसार गत वर्षको नगरसभाले टि टेस्टिङ्ग र अनुसन्धान केन्द्र बनाउने नीति लिएर काम शुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार