उद्योगीले ग्रेडिङ नगरी चिया फर्काए

  नयाँ बुलन्द
0 Shares

इलाम : उद्योगले चिया फर्काएर किसान आन्दोलित बनेपछि सुर्योदय नगरपालिकामा बसेको छलफलले ४० प्रतिशतभन्दा माथिको चिया उद्योगले फर्काएको निष्कर्ष निकालेको छ ।

नगरप्रमुख रणबहादुर राईले चिया फिर्ता भएपछि नगरपालिकामा ल्याएर पोख्नु अगाडि जनप्रतिधिनिधिलाई खबर नगरेकोमा आपत्ती जनाउनुभयो । उहाँले सडकमा चिया पोखेर समस्या समाधान नहुने भन्दै गुणस्तरयुक्त चिया उद्योगले फिर्ता गर्नुको कारणबारे उद्योगीहरुसँग छलफल गर्ने बताउनुभयो ।

नगर प्रमुख राईले नगरले लागू गरेको कार्यविधि शतप्रतिशत सहि भएको कार्यान्वयनमा आइसकेको हुँदा कार्यविधिलाई हटाउन कुनै हालतमा तयार नहुने स्पस्ट पार्नुभयो । किसानलाई चिया टिप्न र उद्योगमा लैजान उहाँको आग्रह छ । गुणस्तरको चिया उद्योगले पुनः फिर्ता गरेमा जनप्रतिनिधिलाई तत्काल खबर गर्न र गुणस्तरहीन चिया नलग्न पनि नगरप्रमुख राईको आग्रह छ ।

त्यस्तै नगरपालिकामा बसेको छलफलमा चिया विस्तार योजनाका विवेक भण्डारीले कम गुणस्तर भनी फर्काएको चिया ग्रेडिङ नगरीे २८ प्रतिशत भनेपनि गे्रडिङ हुँदा ६१ प्रतिशत हुने बताउनु भयो । वडा न १० का अध्यक्ष पेमा उगेन लामाले फर्काइएको चिया ४० प्रतिशत भन्दामाथि ग्रेडिङ रहेको बताउनुभयो ।

नगरपालिकाले मूल्य तोकेपछि बन्द रहेका उद्योग असार १२ गतेबाट खुलेका छन् । ४० प्रतिशत नरम पात भएको पत्तीको न्युनतम मुल्य ४० रुपैयाँ रहने सहमती भएपछि खुलेका हुन् । ४० प्रतिशत भन्दा कम गुणस्तरको चिया आएमा उद्योगीहरु चिया लिन बाध्य नहुने सहमतीपत्रमा उल्लेख छ । उद्योग खुलेकै दिन आएको चिया ३ देखि २८ प्रतिशत सम्म मात्र गुणस्तरको आएको भन्दै उद्योगहरुले फर्काएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार