इलाममा मूख्य मन्त्री लिग फुटवल हुदै

  नयाँ बुलन्द
0 Shares

इलाम : नयाँ खेलाडीलाई अवसर सिर्जना गर्दै क्षमतावान खेलाडी उत्पादन गर्ने उदेश्यले सुरु भएको मूख्य मन्त्री लिग अन्तर्गत इलाममा बुधवारदेखि समूह ‘ग’ अन्तर्गतका खेल सुरु हुदैछन् ।

इलाम सदरमुकामस्थित टुडिखेलमा हुने प्रतियोगितामा इलामको रेडहर्स क्लव, झापाको सैनिक युथ क्लव, ताप्लेजुङको प्रगतिशिल युवा क्लव र पाँचथरको सयपत्री स्पोर्टिङ क्लव सहभागि हुनेछन् ।

इलाममा २१ गते सम्म सञ्चालन हुने लिगका विजेता र उपविजेताले विराटनगरमा असार २६ देखि हुने सुपर सिक्समा स्थान वनाउने छन् ।

सोमवार उदयपुरवाट औपचारिकरुपमा १ नम्वर प्रदेश स्तरीय लिग सुरु भएको हो । प्रदेश नं. १ सरकारको १ करोड र अखिल नेपाल फुटवल संघको ३३ लाख रुपैयाँको लागतमा लिग सुरु भएको हो ।

लिग विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रदेश विजेताले राष्ट्रिय र अन्तराष्ट्रिय लिग खेल्ने अवसर पनि पाउने छ ।

सुपर सिक्समा पुगेका वाँकी टिमले ५० हजार रुपैया“ प्राप्त गर्ने एन्फा केन्द्रिय सदस्य तथा प्रतियोगिता आयोजक कमिटिका उपाध्यक्ष निरोज खड्गीले जानकारी दिए ।

प्रदेश नम्वर १ स्तरीय लिगमा १४ वटा टिमको सहभागिता छ । यसअघि हरेक जिल्लामा गराइएको जिल्ला लिगवाट प्रदेश स्तरीय लिगकालागि टिम छनौट गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार