नेपाल रेडक्रस हिमालयन उपशाखामा नयाँ कार्यसमिति

  नयाँ बुलन्द  61 पटक हेरिएको

इलाम : नेपाल रेडक्रस सोसाइटी हिमालयन उपशाखामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । उपशाखाको पाँचौ सभाले धनराज खत्रीको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

नव निर्वाचित समितिका उपसभापतिमा मेनुका कार्की, सचिवमा इश्वर कुमार सुवेदी, उपसचिवमा दल बहादुर योञ्जन, कोषध्यक्षमा भोलानाथ पौडेल, उप कोषाध्यक्षमा इन्दिरा राई पौडेल निर्वाचित भएका छन् ।

सदस्यहरु म्हिला सदस्य मुना विष्ट, खुल्ला सदस्यमा प्रेम कुमार राई, विष्णु बहादुर खत्री, बुद्धिमान भण्डारी र तुलाराम सुवेदी रहेका छन् । नव निर्वाचित कार्यसमितिको पदावधि आगामी दुइ वर्षका लागि भएको बताइएको छ ।

निवर्तमान सभापति बलराम कोइरालाको अध्यक्षतामा भएको सभामा नेरेसो जिल्ला सभापति देवी प्रसाद गौतम, मंत्री रविन्द्र श्रेष्ठ र निर्वाचन अधिकारी हरिनाथ फूएलले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार