इलामका सुर्योदय टी प्रोड्युसर्स एशोसिएसनमा आबद्ध चिया उद्योगहरु बन्द

 

फिक्कल : इलामको सुर्योदय टी प्रोड्युसर्स एशोसिएसनमा आबद्ध उद्योगहरु बन्द भएका छन ।नगरपालिकाले लागु गरेको कार्यविधिअनुसार गुणस्तरिय चिया नआएको ,४० प्रतिशत मुना नपुगेको र भारतिय बजारमा बनिएको चियाको मुल्य गिरावट भएकाले आजबाट उद्योगहरु बन्द गरिएको एशोसिएसनका सचिव गोपाल कट्टेलले बताए ।

उद्योग बन्दको विषयलाई लिएर नगरको सभाहलमा हिजो छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा एशोसिएसनका तर्फबाट कार्यबहाक अध्यक्ष डिल्लिराम श्रेष्ट सहित सदस्यहरु ज्ञानु सुब्बा , दुर्गा बराल , महेशकान्त अर्याल लगायतले नगरको निर्णयले उद्योगीहरु मारमा परेको बताए ।

अन्य कृषिजन्य बस्तुको समयनुुसार बजारभाउ तलमाथी हुँदै जाने स्वभाबिक भएपनी ति वस्तुहरुको मुल्य निर्धारण गर्न वास्ता नगरी चियालाई मुठीमा राख्न खोजेको आरोप लगाउँदै चिया क्षेत्रलाई स्वतन्त्र छाड्न एशोसिएसनले आग्रह समेत गरेको छ ।

त्यस्तै नगरपालिकाको तर्फबाट आर्थिक विकास समिति संयोजक एंवम ९ न वडाका अध्यक्ष देबेन्द्र शर्माले  भारतीय बजारको भरपर्दा  पहिले देखिनै यस्तै समस्या खेप्नु परिरहेको बताए ।

एशोसिएसन भित्र  छलफल नै नगरी उद्योग बन्द गर्ने कुरा बाहिर ल्याउँदा आफुहरुलाई दुख लागेको बताए । पहिलो र दोश्रो गुणस्तरिय चिया पलाउने सिजनमा कार्यविधिको विषयमा कसैले कुरा नउठाई आ आपm्रनो  हिसाबले सहज ढङ्गमा काम गरेको तर बजार कमजोर भएको बेला कार्यविधी अनुसार काम गर्न नसकिने भन्दै ब्यवसाय बन्द गर्नु अनौठो भएको बताए ।

त्यसैगरि १० नम्बरका वडाका अध्यक्ष पेमाउगेन लामाले चिया एउटा संस्कार भएको बताउदै सिमीत ब्यक्ति र संस्थाका लागि मात्र नहुने भएकाले दिर्घकाल सम्मलाई फाईदा हुने सोच बनाई बनाएर अगाडी बड्नुपर्ने बताएका छन ।

नगरउपप्रमुख दुर्गादेवि भट्रराईले  समस्याको समाधान  छलफलबाट हुने भन्दै असार १४ गते शनिवार बिहान ११ बजे कृषक,उद्योगी र नगर बिच छलफल गरेर निष्कर्षमा पुुग्ने बताईन । उनले त्यतिन्जेल उद्योग बन्द नगर्न पटक पटक आग्रह गर्दै सभा विसर्जन भएको घोषणा गरिन् ।

११ गते बुधवार नगरपालिकाका प्रतिनिधी  र कृषक बिच बसेको छलफलमा कार्यविधिको पहिला अर्थ नबुझेकाले आन्दोलित हुन बाध्य भएको र महत्व बुझेपछि अर्थपुर्ण रहेको महसुस गरिएको किसानहरुले बताएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार