सूर्योदय नगरपालिकाको बजेट ९६ करोड ५७ लाख

  नयाँ बुलन्द
0 Shares

इलाम : प्रदेश १ को पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको पाँचौ नगरसभा मंगलबार सुरु भएको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट ९६ करोड ५७ लाख ११ हजार ६ सय रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम नगर सभामा पेश गर्दै नगरको पर्यटन, शिक्षा र कृषिमा जोड दिएको छ ।

नगरसभामा पेश भएको बजेट बुधबारको नगर सभाले पारित गर्नेछ । कन्याम, फिक्कल, श्रीअन्तु सर्किटलाई नमुना पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने, विषादीमुक्त नगर निमार्ण गर्ने, कृषि पाठशाला सञ्चालन गर्ने, चिया खेतीमा मुल्य शृङखलामा आधारीत प्रर्वद्धन निति अवलम्बन गर्ने, नगर भित्र निर्धारण गरीएको चियाको गुणष्तर उत्पादन मापदण्ड कार्यविधि २०७५ लाई पूर्ण रुपले कार्यन्वयन गर्ने, कृषकलाई उद्यमी र कृषिलाई उद्योगको रुपमा विकास गर्ने, अन्तराष्ट्रिय बजारीकरणको लागि बिषादी रहित चिया उत्पादन गर्ने नीति सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार