माइजोगमाई गाउँपालिकाको नीति तथा कार्यक्रम (हेर्नुहोस् पूर्ण पाठ)

  नयाँ बुलन्द
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाको  पाँचौ गाउँसभा मंगलबार शुरु भएको छ ।

गाउँपालिका अध्यक्ष जितबहादुरको  राईअध्यक्षतामा गाउँसभा सुरु भएका हो । गाउँसभाको पहिलो दिन माइजोगमाई गाउँपालिकाकी उपाध्यक्ष सावित्रा भट्टराईले गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम गाउँसभा समक्ष प्रस्तुती गरिन् ।

हेर्नुहोस् माइजोगमाई गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्ण पाठ :

गाउँसभाका सदस्यज्यूहरु, सम्पुर्ण कर्मचारीहरु, पत्रकार मित्र र सुरक्षा कर्मीज्यूहरु

जब हाम्रो देश नेपाल राष्ट्रको इतिहास शुरु भयो तत्पशचात विभिन्न राजनैतिक परिर्वतनहरु हुदै आएका छन, सकृय राजतन्त्र, राणा तन्त्र, प्रजातान्त्रिक, व्यवस्था, पंचायती व्यवस्था अनि फेरी प्रजातान्त्रिक व्यवस्था हुदै हामी आज जनताले चाहेको संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौ । विभिन्न समयमा जनताले शासकिय पद्धति जनमुखी होस, विकास मुखीहोस, पारदर्शि होस परिणाममुखी होस र शासन व्यवस्थामा जनता साँचै सार्वभौम होस भन्ने मान्यताको परिणाम स्वरुप आजको शासन व्यवस्था र राज्यको पुर्नसंरचनाको थालनी भएको हो । रज्यको पुर्नसंरचना पश्चात तिन तहको सरकार मध्ये स्नानिय सरकार पनि एक हो । सात सय त्रिपन्न स्थानिय तह मध्ये माईजोगमाई गाउँपलिकाले  यो व्यवस्थालाई यहाँसम्म ल्याउनका लागि अथक मेहनत र योगदान गर्ने क्रममा शहिद हुनु भएका ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।

 माननीय सदस्य ज्यूहरु

२०७२ साल असोज ३ गते जारी नेपालको संविधानमा व्यवस्था भएको राज्यको पुर्नसंरचना अन्तरगत संघ, प्रदेश र स्थानीय गरी तिन तहका सरकारको व्यवस्था भए वमोजिम स्थानीय तह अन्तरर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितीहरु रहेका छन्, ४६० गाउँपालिकाहरु मध्ये २०७४ साल असार १४ गतेबाट स्थापीत यो माईजोगमाई गाउँपालिका नेपालको सुदुर पूर्वी जिल्ला इलामको पनि पूर्वी भेगमा अवस्थित गाउँपालिका हो । साविकको गा.वि.स. हरु नामसालिङ्ग, सोयाङ्ग, नयाँबजार, जोगमाई र प्याङ्ग जोडेर यो गाउँपालिकामा जम्मा ६ वटा वडाहरु रहेका छन् ।  यसको क्षेत्रफल १३५.७६ रहेको छ भने  कूल १६७९५ जनसंख्या रहेको छ ।  गाउँपालिका स्थापन भएपछि सर्व प्रथम यस गाउँपालिकाको सन्तुलित र दिगो विकासका लागि प्रथम पञ्च वर्षिय योजना २०७६ – २०८१ बनाई लागु गरिएको छ, साथै गाउँपालिकाको सडक गूरुयोजना तयारी अन्तिम चरणमा छ भने गाउँपालिकाको मुख्य मोटरबाटो डि.पि.आर. तयारी कार्य भइरहेको छ । सबै वडाहरुमा कच्चि मोटरएवल सडकहरु छन् र फिक्कल नयाँबजार र नयाँबजार इलाम ग्राभेल सडक निर्माण कार्य सम्पन्न हुने अवस्थामा छ । विद्युत, स्वास्थ्य, शिक्षा खानेपानीको अवस्था भने विकासोन्मुख अवस्थामा रहेको छ । राई, लिम्बु, क्षेत्री ब्राह्मण, तामाङ्ग, मगर, गुरुङ्ग, थामी, कामी, दमाई, सार्की, लाप्चा लगायत विभन्न जातिहरु विभिन्न संस्कार संस्कृती अंगालेर बसेका छन् । जातिय विविधतामा एकता हुनु यस ठाउँको ठूलो साम्प्रादयिक सम्पती हो । विभिन्न पर्यटकिय स्थलहरु, नदिनाला र जैगलहरु हाम्रा प्राकितिक सम्पदाहरु हुन् । कृषि, पशुपादन यस क्षेत्रको प्रमुख आर्थिक श्रोत हो । यो भूगोल भित्र थुप्रै चुनौतिहरु र संभावनाहरु उत्तिकै रहेको हुँदा यिनै भूगोलको विचबाट जनताले स्थानीय सरकारको रुपमा  जनप्रतिनिधीलाई एकातिर अधिकार र अर्को तर्फ कर्तव्यको सन्तुलित पखेटा दिएर यस गाउँपालिकाको समृद्ध उडाउनको लागि जनादेश दिएको छ  यसै सन्दर्भमा आज हामी यस गाउँपालिकाको समृद्ध उडानको लागि जनादेश दिएको छ । यसै सन्दर्भमा आज हामी यस माईजोगमाई गाउँपालिकाको आर्थिक वर्ष ०७६/०७७ वजेट निती तथा कार्यक्रम पारित गर्ने गरिमामय गाउँसभा समारोहमा उपस्थित भएको कुरा जानकारी गराउन चाहान्छु ।

आगामी दिनमा यस गाउँपालिकाको विकास र समृद्धिको लागि विशेष र महत्वपूर्ण निती तथा कार्यक्रम तय भएको कुरा यहाँहरु समक्ष जानकारी गराउँदै अव म माईजोगमाई गाउँपालिकाको क्षेत्रगत नितिहरु प्रस्तुत गर्न गईरहेको छु ।

क) आर्थिक विकास क्षेत्र :

कृषि तथा पशु विकास क्षेत्र तर्फ :

  • मसालावाली, तरकारी खाद्यान्न र फलफुल वालीको रोग, किरा निदान गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।
  • गाउँपालिका भित्रबाट पशु ओसारपसार गर्ने कार्यलाई व्यवस्थित गर्दै लगिने छ ।
  • पशुहरुमा लाग्ने परजिविहरुलाई नियन्त्रण गर्ने कार्यक्रमलाई प्राथमिक्ता दिईनेछ ।
  • हाम्रो गाउँपालिकामा थुप्रै प्रकारका कृषि उत्पादन छन् तर बिक्रीको उचित व्यस्थापन गर्न नसक्दा ब्यापारी धनी हुने अनि किसान सधै मर्कामा पर्ने अवस्था छ । त्यसैगरी, अझै पनि उन्नत बिऊबिजन र प्रविधिको अभावमा किसानले गरेको मेहनतको फल प्राप्त गर्न सकिरहेको अवस्था छैन । यसका लागि किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्ने अवस्था सिर्जना गर्न माइजोगमाई चक्रपथका महत्वपूर्ण ठाउँमा बजारको विस्तार गर्ने र ती ठाउँहरुमा किसानहरुको सहभागितामा कृषि उत्पादनको संकलन र बिक्रि केन्द्रहरु खोलिनेछन् । किसानलाई चाहिने सम्पूर्ण कृषि सामग्री, मलखाद, औषधि र बैज्ञानिक कृषिको लागि आवश्यक सम्पूर्ण परामर्श सेवाहरु उपलब्ध हुनेछन् । यसो गर्दा कृषि उत्पादन बढ्ने र उत्पादनले उचित भाऊ पाउने भएबाट किसानको आय बढ्नेछ ।
  • हालको निर्वाह मुखी कृषिबाट व्यवसायिक कृषिमा परिवर्तन गर्न कुन ठाउँमा कस्तो खेती उपयुत्त हुन्छ त्यसको बैज्ञानिक अनुसन्धान गरी ‘एक गाउँ, एक उत्पादन’ लाई प्रर्वदन गर्ने र उत्पादित सामग्रीको बजार व्यवस्थापनमा गाउँपालिकाले विशेष पहल लिने छ ।
  • खेतीका लागि आवश्यक सिचाईको प्रबन्ध मिलाउन हाल सञ्चालनमा रहेका कुलोहरुलाई स्तर उन्नति गर्ने र आवश्यक थप सिचाई परियोजनाहरु सञ्चालन गरिने छ साथै पाइप लाइन मार्फत सिचाइको लागि तरकारी उत्पादनमा बृद्धि गरिने छ ।
  • कृषि तथा पशुपालन संग सम्बन्धीत सहकारी मार्फत गाउँपालिका र सहकारी समुहको संयुक्त लगानीमा निम्न प्रकारका उत्पादनलाई औधोगीकिकरण गरी अन्तर्राष्ट्रिय बजारमा निकासीको प्रबन्ध मिलाईनेछ ।
  • व्यवसायिक रुपमा उन्नतजातका गाईभैसी पालन गरी दुधको उत्पादन अझ बढाउने र दुधबाट घिउ,चीज,छुर्पी मात्रै होइन, बिभिन्न प्रकारका चकलेट, धुलो दुध आदि उत्पादन गरी निकासी प्रबन्ध मिलाउने जसको कारण किसानले दुधको उचित मुल्य पाउने अवस्था सिर्जना हुनेछ ।
  • त्यसैगरी बाख्रा, कुखुरा, सुगुरपालन र माईजोगमाईमा रहेका असंख्य स्वच्छ चिसोपानीका मूलहरुमा ‘रेन्बो ट्राउट’ माछा पालन गर्ने र उत्पादित मासुलाई बजारको उचित व्यवस्था गरिने छ ।
  • किसानको सहकारी बनाई व्यवसायिक रुपमा सागसब्जी, च्याउ तथा फलफुल खेती गर्ने र उत्पादनलाई बजारीकरण गरिने छ ।
  • अर्गानिक चिया उत्पादनको लागि आधुनिक प्रबिधि सहितको चिया प्रसोधन केन्द्र खोल्ने, सम्पूर्ण चिया किसानहरुलाई अर्गानिक चिया खेती गर्न सहुलियत उपलब्ध गराउने र उत्पादित सम्पूर्ण पत्ती प्रसोधन केन्द्रले उचित मुल्यमा किन्ने, प्रशोधन केन्द्रबाट उत्पादित चियालाई अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरणको प्रबन्ध मिलाइने छ ।
  • माईजोगमाई लगायत इलामका विभिन्न क्षेत्रहरुमा पाइने नेपाली कागज उत्पादनको लागि आवश्यक अर्गेलीको खेति गर्न प्रोत्साहन गर्ने र अर्गेलीबाट नेपाली कागजको उत्पादनको लागि उधोग खोल्ने र उत्पादित कागजलाई उचित बजारको व्यवस्था गरिने छ ।
  • अलैची खेतीलाई पुरानै अवस्थामा फिर्ता गर्ने र अदुवा खेतीलाई आधुनिकीकरण गरी उत्पादित अदुवाबाट सुठो, ‘जिन्जर ट्याब्लेट’ बनाई निकासी गरिने छ जसको कारण अदुवा, अलैची कृषिकको आयमा वद्धि हुनेछ ।
  • अम्लिसो र अकबरे खुर्सानीको बजार प्रवर्द्धन गरिनेछ ।
  • माईजोगमाई क्षेत्रमा रहेका चिराइतो, लोटसल्ला, बुढोओखति, टिमुर, जटामसी, लगायतका जडीबुटीहरुको व्यवसायिक खेती उचित बजारको व्यवस्था गरिने छ ।
  • नग्दे वालीको उत्पादनबाट पर्याप्त मात्रामा आर्थिक उपार्जनमा वृद्धि गरिने छ भने खाध्यन्न उत्पादन तर्फ आत्मा निर्भर उन्नमुख हुने निति लिइने छ ।
  • जग्गा बाजो बाझो राख्ने र जग्गाको अनावश्यक खण्डीकरण गर्ने प्रविधलाई निरुत्साहित गरिने छ ।
  • उत्कृष्ठ कृषकलाई पुरस्कृत गर्ने व्यवस्था गरि कृषि पेशा प्रतिको आकर्षणमा बृद्धि गरिने छ ।

उद्योग तथा सहकारी क्षेत्र :

  • उद्योग तथा वाणिज्य क्षेत्रलाई प्रवर्द्धनका कार्यक्रमहरुलाई प्राथामिक्ता दिइनेछ । र उक्त कार्यक्रम संचालन गर्न आवश्यक मापदण्ड बनाई कार्यन्वयन गरिने छ ।
  • तीन खम्बे अर्थनितिलाई (सरकार,सहकारी र निजी क्षेत्र) अवलम्बन गरि सहकारी मार्फत आर्थिक बृद्धि र विकासमा जोड दिइनेछ । यसका लागि आवश्यक मापदण्ड बनाई सहकारी प्रवर्द्धन गरिनेछ ।
  • स्थानिय सरकारको पहलमा माइक्रो हाइड्रो संचालन गर्न आवश्यक निति बनाई पहल गरिने छ ।

ख) सामाजिक क्षेत्र :

शिक्षा :

  • पाँच बर्ष भित्रमा गाउँपालिकालाई पूर्ण साक्षार गाउँपालिका घोषणा गरिनेछ । बाल शिक्षा, प्रौढ शिक्षा लगायत प्रत्येक वार्डमा माध्यमिक विद्यालय निर्माण र सञ्चालनको आवश्यक पहल  गरिने छ ।
  • विद्यालयहरुलाई सुचना प्रविधि मैत्री बनाउँदै प्राथमिक तह देखि नै कम्प्युटर शिक्षालाई अनिबार्य गर्दै लैजाने नीतिलाई क्रमश कार्यान्वयन गरिनेछ ।
  • प्राथमिक विद्यालय देखि नै अंग्रेजी र नेपाली दुबै माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
  • सबै विद्यालयहरुको संरचना बालमैत्री बनाउने तथा गुणस्तरीय शिक्षाका लागि आवश्यक कम्प्युटर लगायत शैक्षिक सामाग्रीहरु र दक्ष शिक्षकहरुको उचित व्यवस्थापन गरिने छ । बालमैत्री स्थानीय शासनको अवधारणा बमोजिम विद्यार्थीको पठन पाठनमा जोड दिईनेछ ।
  • शिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई हरेक बर्ष पुरस्कृत गरिने छ ।
  • गाउँपालिकाको केन्द्रमा पर्ने गरी विभिन्न बिषयमा स्नातक तह सम्मको शिक्षा दिने गरी क्याम्पस सञ्चालनका लागि प्रकृया अघि बढाईनेछ ।
  • प्राविधिक बिषयहरु जस्तै चिकित्सा, कृषि, इन्जिनीयरीङ्ग, पशु चिकित्सा लगायतका बिषयमा उच्च अध्ययनको लागि छात्रवृतिको लागि समेत आवश्यक पहल गरिनेछ ।
  • विद्यालय शान्ति क्षेत्र भन्ने सरकारको अवधारणलाई यस गाउँपालिका क्षेत्रमा समेत कडाईका साथ कार्यन्वयन गरिनेछ । विभिन्न वाहानामा विद्यार्थी, शिक्षक, राजनितिक दलहरुबाट शैक्षिक हडतालको अन्त्य गरिनेछ ।
  • प्रत्येक वडामा कम्तिमा एउटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न कार्यक्रम लागु गरिने छ ।
  • शैक्षिक समानता, गणस्तरिय शिक्षामा एकता, माईजोगमाई गाउँपालिकाको प्रतिबद्धता नारालाई कार्यान्वयन गर्न कार्यक्रम तय गरि कार्यान्वयन गरिनेछ ।
  • शैक्षिक संस्था भित्र मादक पदार्थ,धुम्रपान, नसालु पदार्थ प्रयोग भएको पाईएमा जरिमाना सहित कार्वाही गरिनेछ जंगफुटलाई निरुत्साहित गरिनेछ । राजनितिमा संलगन भई आफ्नो जिम्मेवारी पुरा नगर्ने शिक्षकलाई आवश्यक कार्वाही गरिनेछ भने आस्थाको हिसाबले कुनै पनि शिक्षक कर्मचारीलाई विभेद गरिने छैन ।

स्वास्थ्य :

  • भई रहेको स्वास्थ्य संस्थाको सेवा गुणस्तरको स्तरोन्न गर्दै गाउँपालिकाको प्रत्येक वडामा कम्तिमा एक वटा स्वास्थ्य संस्था स्थापन गरिने व्यवस्था मिलाईनेछ भने गाउँपालिकाको केन्द्रमा बिशेषज्ञ सेवा सहितको कम्तिमा २५ वेड क्षमता भएको अस्पताल निर्माणका लागि आवश्य प्रकृया अगाडि बढाईनेछ ।
  • सामुदायिक अस्पताल र गाउँपालिका स्तरको अस्पतालको बिचमा समन्वय, दोहोरो रेफरल प्रणाली र ‘टेली मेडिसिन’ ‘एमहेल्थ’ जस्ता अत्याधुनिक सूचना प्रबिधिको समेत प्रयोग गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराईने छ । सानो स्वास्थ्य समस्याको लागि गाउँपालिका बहिर जानुपर्ने बाध्यताबाट जनतालाई मुक्ति गराइने छ ।
  • गर्भवती, सुत्केरी तथा नवजात शिशु स्याहार सम्बन्धी सम्पूर्ण सेवाहरु थप गुणस्तरीय र व्यवस्थित ढङ्गले सञ्चालन गरिने छन् ।
  • झाडापखाला, निमोनिया लगायतका सरुवा रोगहरुको निशुल्क उपचार गरिनेछ र यस्ता रोगहरुको उपचारको अभावमा कसैको ज्यान जाने छैन् ।
  • अत्याधिक रुपमा बढ्दै गएको उच्च रक्तचाप, दमखोकी, मधुमेह (डाइबेटीज), क्यान्सर जस्ता नसर्ने रोगको उपयुक्त उपचार, रोकथाम र नियन्त्रणको बृहत योजना सहित कार्यक्रम सञ्चालन गर्ने र ५ वर्ष भित्रमा यस्ता रोगहरुबाट हुने मृत्युको संख्यामा ५० प्रतिशतले कमि हुनेछ ।
  • आर्थिक अभाबका कारण स्वाथ्य सेवाबाट कुनै पनि व्यक्ति वन्चित नहुने अवस्था सिर्जना गर्न बीमा गर्न सक्ने परिवारलाई सामाजिक स्वास्थ्य बीमामा सहभागी गराउने र बीमा गर्न नसक्ने ब्यक्तिलाई राज्यकोषबाट स्वस्थ्य उपचार गर्ने व्यवस्था गरिनेछ ।
  • स्वास्थ्य केन्द्रहरुमा दरबन्दी अनुसारको कर्मचारीहरु, औजार उपकरण र भौतिक संरचनाको व्यावस्था गरि स्वास्थ्य सेवाको गुणस्तर प्रर्वद्धन गरिनेछ ।
  • स्वास्थ्य सेवामा समर्पित भई उत्कृष्ठ काम गर्ने कर्मचारीलाई पुरस्कारको व्यवस्था गरिनेछ । भने स्वास्थ्य सेवा प्रवाहमा जिम्मेवारी पुरा नगरी, समय पालना नियमितताको पालना नर्गने खराब आचरण र कामचोर कर्मचारी पाईएमा प्रचलित ऐन नियामानुसार दण्डित गरिनेछ ।
  • व्यक्ति स्वास्थ्य, परिवार स्वास्थ्य, समाज स्वास्थ्य हाम्रो गाउँपालिका स्वास्थ्य भन्ने नारा लाई अवलम्बन गर्दै यस गाउँपालिकाको समग्र स्वास्थ्य समन्धी सुचकहरुमा सुधार गरिनेछ ।

संस्कृति तथा पर्यटन :

  • गाउँपालिकाको मेग्मा गाउँमा रहेको एसियाको दोस्रो पुरानो भनिएको चित्रे गुम्बा लगायतका गाउँपालिकाको उच्च महत्वको धर्मिक तथा संस्कृतिक महत्वको क्षेत्र संरक्षणका साथै प्रवर्धन लागि उचित कार्यक्रम गरिनेछ ।
  • मठमन्दिर गुम्बा चर्च साकेला थानहरुलाई बजेट विनियोजित गर्दा डी.पि.आर. तयार गरेको लाई मात्र रकम विनियोजित गर्ने निति ल्याइने छ ।
  • उत्तरे पोखरी, मलु पोखरी सोयाङ, नामसालिङको सात तले झर्ना र माईबेनीलाई आवश्यक संरक्षण गरि पर्यटकीय क्षेत्रको रुपमा प्रवर्धन गरिनेछ ।
  • स्थानिय पर्यटन उद्योगलाई टेवा पुर्याउन अन्तरिक पर्यटन प्रर्वधनका कार्यक्रम गरिनेछ ।
  • पुरानो पैदल मार्गलाई ट्रेकिङ मार्गको रुपमा विकास गर्ने फिक्कल सन्दकपुर सम्म ट्रेकिङ मार्ग निर्माण गरी पर्याटकहरुलाई सन्दकपुर आउने जाने प्रवन्ध मिलाउने र पैदल मार्गका विभिन्न ठाउँमा पर्यटकहरु बस्ने होम स्टे को व्यावस्थापन मिलाईने छ । यसले पर्यटन प्रवन्धन हुने मात्र नभई गाउँलेहरुको आयआर्जन समेत हुनेछ
  • यस गाउँपालिकामा रहेको धार्मिक र संस्कृतिक विविधतालाई आमुल्य सम्पत्तिको रुपमा लिदै धार्मिक सहिष्णुता र सांस्कृतिक रुपान्तरणका लागि जनचेतना मुलक कार्यक्रम संचालन गरिनेछ ।

 

द्वन्द   व्यवस्थापन महिला सशक्तीकरण तथा रोजगारी :

  • समाजमा रहेका विभिन्न कारणबाट उत्पन्न द्धन्दहरुलाई मेलमिलाप मार्फत अन्त्य गरी सामाजिक शान्ति कायम गरिनेछ ।
  • सामाजिक कुरीति, कुसंस्कार तथा अन्धविस्वासको अन्त्य गर्दै महिला माथि हुने हिंसा र शोषण समुलरुपमा अन्त्य गरिनेछ ।
  • पाँच वर्ष भित्रमा बालविवाह अन्त्य गरिनेछ । विभिन्न परियोजनाहरु संचालन गरि महिला तथा किशोर किशोरीहरुको जिवन उपयोगी तथा आयआर्जन सम्बन्धी सिप विकास गरि सशक्तिकरण गरिनेछ । रोजगारमुलक सिप विकास र अवसरहरुको खोजि गरी वा रोजगारी बढाइने छ । तथा सिप भएको व्यक्ति वेरोजगार नहुने अवश्था सिर्जना गरिने छ ।
  • बैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित र मर्यादित बनाइने छ । साथै बैदेशिक रोजगारबाट फर्किएको सिप उपयोग गरि रोजगारीका कार्यक्रम संचालन गरिने छ ।

खेलकुद तथा शारिरिक व्यायम :

  • स्वाथ्य रहने सबैभन्दा महत्वपूर्ण उपाय हो नियमित शारिरिक व्यायम तथा खेलकुद मानव जीवनको लागि लाभदायिक हुन्छ । त्यसैले खेलकुदको विकासका लागि गाउँपालिकाका विभन्न ठाउँमा खेलमैदान तथा खेल सामाग्रीको उचित व्यवस्थापन गरिनेछ । उपयुक्त स्थानमा सुविधा सम्पन्न खेलमैदान तथा कवर्डहल निर्माणकार्य प्राथामिकताका साथ गरिनेछ ।
  • हरेक वर्ष गाउँपालिका स्तरको खेलकुद प्रतियोगिता गरिनेछ । जसको कारण विभिन्न खेल प्रतिभा भएका खेलाडीहरुको उत्पादन हुने र मानिसहरुलाई स्वास्थ्य रहन मद्दत पुग्नेछ ।
  • विभिन्न विद्यालयहरुमा अतिरिक्त क्रियाकलापमा जोड दिई खेकुदको विकास गर्न पहल गरिनेछ ।
  • हरेक वडाहरुमा कम्तिमा एउटा सुविधासम्मपन्न खेल मैदान बनाउने नीति अनुरुप क्रमिक रुपमा बजेट विनियोजन गरिनेछ ।

 

 

खानेपानी तथा सरसफाई :

  • स्वच्छ सफा खानेपानी प्राप्त गर्ने सबैको अधिकार भएकाले हाल सञ्चालनमा रहेको खानेपानी परियोजनाहरुलाई थप व्यवस्थापन गरिने तथा खानेपानी नभएका सम्पूर्ण ठाउँमा खानेपानी पुराउन जोड दिईनेछ । खानेपानीका मुहान संरक्षण तथा पानीको शुद्धिकरणलाई प्रभावकारी बनाई पानीजन्य रोहरुको पूर्णरुपमा नियन्त्रण गरिनेछ ।
  • खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको हुनाले यसको प्रभावकारी कार्यान्वयन गर्ने तथा स्वास्थ्य वातावरण कायम गर्न विशेष कार्यक्रमहरुलाई निरन्तर सञ्चालन गरिनेछ ।
  • नयाँबजार बजार क्षेत्रको फोहोर मैला व्यवस्थापनको लागि फोहोर विर्सजन केन्द्र (डम्पिङ साइड) थप व्यवस्थापन गरिनेछ र बजारलाई सफा तथा सुन्दर बनाइनेछ, अन्य क्षेत्रको नसड्ने प्रकृतिका फोहोर संकलन गरी उचित व्यवस्थान गर्ने कार्य समेत यस वर्षबाट अघि बढाइनेछ ।
  • गाउँपालिका भित्र रहेको वनजङ्गलको संरक्षण गरिने तथा थुम्के क्षेत्रमा रहेको लोपउन्मुख रेडपान्डा (हाब्रे) को संरक्षण गर्ने लगायतका जैविक विविधता संरक्षणका कार्यक्रमलाई अगाडी वढाइनेछ ।
  • पूर्ण सरसफाईका सबै सुचकहरु पुरा गरि यसै वर्ष यस माईजोगमाई गाउँपालिकालाई पूर्ण सरसफाई उन्मूख गाउँपालिका घोषणा गरिनेछ ।

ग) पुर्बधार क्षेत्र :

  • गाउँपालिकाको सदरमुकाम रहेको नयाँबजार बजार क्षेत्रलाई आगामि दुई वर्ष भित्र पिच / पि.सि.सि. ढलान गर्ने गरी कार्यक्रम बनाईनेछ भने गाउँपालिकाको अन्य बजार क्षेत्रमा क्रमश पिच / पि.सि.सि. ढलान गरी आधुनिक सुविधा सम्पन्न बजारको विकास गरिनेछ ।
  • गाउँपालिका केन्द्रबाट वडा केन्द्र जोड्ने र गाउँपालिकाको उच्च महत्वकाका सडकहरुलाई उच्च प्राथामिकताका साथ निर्माण गर्ने निति लिइनेछ ।
  • पुर्वधार तर्फका निर्माणाधिन संरचनाहरुको गुणस्तर कायम गर्न विशेष अनुगमन गरिनेछ ।
  • गाउँपालिकाको सेवा प्रवाहलाई एकै ठाउँबाट संचालन गर्नको लागि आवश्यक भौतिक संरचना निर्माण गरिनेछ ।
  • गाउँपालिकाको प्रथम पञ्चवर्षिय योजना २०७६ – २०८१ अनुरुप पूर्वाधार विकासका  कार्यक्रम तय गरि कार्यान्वय गरिनेछ ।
  • पूर्वाधार पर्फ सडक, विद्युत, खानेपानी, कार्यालयको संस्थागत संरचना, सिचाइ, ढल व्यवस्थापनलाई प्राथमिकतामा राखि बजेट विनियोजन गरिनेछ ।
  • सडक तर्फ गाउँपालिका देखी सदरमुकाम जोड्ने सडक, वडा कार्यालयहरु जोड्ने सडक र पर्यटकीय महत्वको थुम्के जौवारी सडकलाई रणनितिक महत्वका सडकका रुपमा अघि बढाउन विशेष व्यवस्था गरिनेछ ।
  • विद्युत नपुगेका टोलहरुलाई प्राथमिकतामा राखेर विद्युत विस्तार कार्यक्रम संचालन गरिनेछ भने काठको विद्युतपोलबाट सेवा पुगेको क्षेत्रमा काठको पोललाई ग्याल्वनाइज स्टिल पोलले विस्थापन गर्ने कार्यगरिनेछ   साथै यसको लागि सम्बन्धित निकायसँग सहकार्य र लगानीको लागि पहल गरिनेछ ।
  • कार्यलय र जनप्रतिनिधि / कर्मचारी आवस क्षेत्र छुटै हुने गरि पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाईनेछ ।
  • बजारीकारण / शहरीकरण गर्नको लागि नयाँबजार,शुक्रबारे, पञ्चमी, शनिश्चरे, सोयाङ बजार जस्ता ठाउँमा आधुनिक प्रविधि, सेवा सुविधायुक्त बजार वा  Smart Village रुपमा विकास गरिनेछ । भवन आचार संहिता तत्काल कार्यान्वयन गरि आफुखुसि घर बनाउन प्रतिबन्ध लगाइने छ । राज्यको तर्फबाट आवास निर्माण गर्दा एक महल सयौं परिवारको नीति अवलम्बन गरिनेछ । र बाँकी भुखण्डलाई कृषि प्रयोजनमा प्रयोग गरिनेछ ।
  • बजार क्षेत्रमा निर्माण गरिने संरचनालाई व्यवस्थित गर्दै घर जग्गा पासको माप दण्ड तयार गरी बजार क्षेत्र व्यवस्थित गर्दै लगिनेछ ।
  • बजार क्षेत्र तथा सार्वजनिक जमिन संग जोडीएको घर जग्गाको सिफारिस गर्दा क्षेत्रफल नापजाँच गरिमात्र सिफारिस गर्ने निति अवलम्बन गरिने छ ।
  • माईजोगमाई गाउँपालिका जलस्रोतमा धनि रहेकोले माइक्रो हाईड्रो पावर सञ्चालन गर्न सकिने भएकोले अध्ययन अनुसन्धान गरी कार्यान्वयनका कार्यक्रम अगाडी बढाईनेछ ।

 

जलविद्युत :

  • गाउँपालिकाका सबै गाउँहरुमा विद्युतिकरण गरिनेछ । विद्युत नपुगेको वडा र टोलहरुमा विद्युत पुराउन प्राथमिकता दिइनेछ भने विद्युत पुगेको बस्ती र टोलमा आवश्यक मर्मत सम्भारको व्यवस्था गरिनेछ ।
  • जलविद्युत उत्पादन हुन सक्ने ठाउँहरुको पहिचान गरि सरकार र जनताको संयुक्त लगानीमा जलविद्युत उत्पादन गरिनेछ ।
  • यस गाउँपालिका भित्र जलविद्युत उत्पादन गर्न सम्बन्धित निकायमा पहल गरि गाउँपालिकालाई लोडसेडिङ मूक्त बनाउने दिर्घकालिन सोचका साथ अघि बढिनेछ ।
  • यस क्षेत्रभित्र जलविद्युतको संभाव्यता पहिचान गरि जलविद्युतमा बैदेशिक लगानी भित्राउन पहल गरिनेछ ।
    • गाउँपालिकाका सबै गाउँहरुमा विद्युमम

 

घ) बाताबरण तथा विपद व्यवस्थापन  :

  • निजि आवादी र सरकारी वनको सिमांकन गर्ने कार्यलाई प्राथमिकतामा राखि क्रमश कार्यक्रम शुरु गरिने नीति लिईनेछ ।
  • वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
  • बढिपहिरो आगलागी जस्ता प्रकोपबाट बच्न विपद व्यवस्थापनका लागि अत्यावश्यक सामाग्री तथा तालिमप्राप्त जनशक्ति तयार गरिनेछ । तथा विपद कोषलाई क्रमश बृद्धि गदै लगिनेछ ।
  • स्थानिय वन र वातावरणलाई असर पर्ने प्रजातिका आयतित वा हाइब्रिड प्रजातिका रुख  बोट विरुवालाई निरुत्साहित गरी स्थानिय प्रकृतिको वोटविरुवालाई प्राथमिकता दिई वन संरक्षण संवर्धनका कार्यक्रम गर्ने निति लिईनेछ ।
  • गाउँपालिका स्तरीय बाटो र विजुली बत्तीको तार वरिपरि रुख बोट विरुवालाई हटाइने कानुन बनाइ बाटो विजुली बत्ती पोल तारलाई सुरक्षीत गर्ने निति अबलम्बन गरिनेछ ।
  • माईजोगमाई गाउँपालिका लाई प्लास्टिक मुक्त गाउँपालिका घोषणा गर्ने नीति अनुरुप कारवाही प्रक्रिया अगाडी बढाइनेछ ।

ङ) सुशासन तथा संस्थागत बिकाश :

  • पदाधिकारी तथा कर्मचारीहरुको क्षमता विकास तथा तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
  • राजस्व संकलनका लागि गाउँपालिकाको सम्पूर्ण सम्यन्त्रलाई परिचालन गरि गाउँपालिकाको आन्तरिक श्रोत तथा आयमा बृद्धि गरिनेछ । साथै करको दायरालाई फराकिलो बनाउदै जाने निती लिइनेछ ।
  • पञ्जिकरण सेवा लाई अनलाईन मार्फत क्रमश व्यवस्थित गर्ने कार्यलाई निरन्तर गरिनेछ ।
  • सेवा प्रवाहमा नागरिकको सन्तुष्टिको तहलाई अभिवृद्धि गरिनेछ ।
  • परिवर्तित नयाँ संरचना अनुसार जनतालाई परिवर्तनको अनुभूति हुने गरि सार्वजनिकसेवा प्रवाहमा नविनतम प्रविधि र पद्धतिहरुको प्रयोग गरी सहज र सरल  रूपमा उपलब्ध हुने व्यवस्था मिलाईनेछ ।
  • नागरिक वडापत्र, सूचना अधिकारी, टोकन प्रणाली, गुनासो सुनुवाई संयन्त्र, सार्वजनिक सुनुवाई, सामाजिक लेखा परिक्षण, घुम्ति सेवा र विद्युतिय शासन प्रणालीलाई थप व्यवस्थित गरि सार्वजनिकासेवा प्रवाहमा प्रभावकारिता ल्याइनेछ ।
  • भष्ट्रचार, अपारदर्शि र भष्ट्रचार जन्य प्रवृतिलाई रोक्न विशेष सर्तकता अपनाईनेछ ।
  • तोकीएका योजना / कार्यक्रमहरु गुणस्तरिय रुपमा समयमै सम्पन्न गर्न अनुगमन मूल्यांकन कार्यलाई प्राथमिकता दिईनेछ ।
  • आयोजनाहरु समयमा सुरु नगर्ने, उपभोक्ता समितिमा अनावश्यक विवादमा अल्झिने र विकास नै प्रभावित हुने प्रवृति देखिएमा त्यस्ता क्षेत्रका योजनाहरु अन्य क्षेत्रमा दिईनेछ ।
  • जिम्मेवारी पूर्वक उत्कृष्ट कार्यसम्पादन गर्ने, अनुशासन, ईमानदारिता र उच्च नैतिक चरित्र भएका कर्मचारीहरुलाई पुरस्कृत गरि प्रोत्साहन गरिनेछ भने खराब आचरण र जिम्मेवारी वहन नगर्ने कर्मचारीलाई प्रचलित ऐन कानुन बमोजिम दण्ड सजायको व्यवस्था गरिनेछ ।
  • उत्कृष्ट कार्यसम्पादन गर्ने उपभोक्ता समितिलाई पुरस्कृत गरि उत्प्रेरित गरिनेछ भने सन्तोषजनक कार्यसम्पादन नगर्ने उपभोक्ता समितिलाई दण्डित गर्ने साथै आगामी वर्षमा उपभोक्ता समितिको रुपमा काम गर्न बाट बन्चित गरिनेछ ।
  • जनताको घरदैलोमा जनप्रतिनिधी भन्ने अभियान मार्फत जनताका समस्याहरु सँग निरन्तर परिचित भई समाधानको प्रयास गरिनेछ ।
  • जनतानै जनार्दन भन्ने आर्दशका साथ सेवा प्रवाहमा जनताका आवश्यकता र चाहनालाई विशेष जोड दिईनेछ ।
  • सूचना पार्टि, वेव साईट, सार्वजनिक सुवाईको माध्यमबाट जनतामा सूचनाको हक स्थापित गर्न पारदर्शि कार्यप्रणालीलाई बढवा दिईनेछ ।
  • सेवा प्रवाहलाई मर्यादित र सम्मानित बनाउन गाउँपालिका र वडा कार्यालय परिसर धुम्रपान र मध्यपान निषेधित क्षेत्र घोषणा गरिनेछ ।

धन्यवाद !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार