अध्यक्षकप वडास्तरीय फुटबलको तेस्रो दिन तीन खेल

  गोविन्द लामिछाने
0 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिताको तेस्रो दिन तीन खेल सम्पन्न भएका छन् ।
आज सम्पन्न पहिलो खेलमा वडा नं. २ ए टीम विजयी भएको छ । वडा नं. ७ बी र वडा नं. २ ए बीच भएको खेलमा वडा नं. २ ले १ का विरुद्ध २ गोल गर्दै विजयी बनेको हो ।

त्यस्तैगरी आजै वष नं. १ र वडा नं. ७ को महिला टीम बीच भएको दोस्रो खेलमा वडा नं. ७ को महिला टीम विजयी बनेको छ । वडा नं. १ लाई ० का विरुद्ध २ गोल गर्दै महिला टीम दोस्रो चरणमा प्रवेश गरेको हो ।

त्यस्तैगरी ४० वर्ष माथिको भेन्ट्रान्सतर्फ वडा नं. ६ र वडा नं. १ बीच भएको खेलमा निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । ट्राइबेकरमा वडा नं. ६ ४ गोल र वडा नं. १ ले ३ गोल गरेको थियो ।

पुरूषतर्फको खेलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद, प्रमाण पत्र र मेडल पाउनेछन् । त्यस्तैगरी महिला र भेन्ट्रान्सतर्फ विजेताले ३०/३० हजार र उपविजेताले १५÷१५ हजार नगद, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा सात वटा वडाका २८ टीमले सहभागिता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार