पर्यटन उद्योगका सम्भावना र चुनौती

  गोपाल पौड्याल
0 Shares

गोपाल पौड्याल

कुनै पनि राष्ट्रको पर्यटन विकासका आधारशिलाहरु भनेको त्यस राष्ट्रका प्राकृतिक सम्पदाहरु, सामाजिक–साँस्कृतिक तत्व ऐतिहासिक तथा पुरातात्विक महत्वका भौतिक संरचना, जैविक विविधता, पर्यावरणीय प्रणाली, धार्मिक महत्वका सम्पदा र पर्यटन विकासका लागि राष्ट्रले निर्माण गरेका नीति नियम तथा योजना र मानवीय प्रयासहरु हुन् । कुनै राष्ट्र प्राकृतिक रुपमा नै पर्यटन विकासका लागि अति उपयुक्त मानिन्छ भने त्यस राष्ट्रमा प्राकृतिक सम्पदाहरुको पर्याप्तता अरु राष्ट्रहरुको तुलनामा नवप्रवर्तक हुनु आवश्यक हुन्छ । प्रकृतिले प्रदान गरेका प्राकृतिक श्रोतहरुबाट पर्यटन विकास गर्नुलाई पर्यटनको वर्गिकरण अनुसार प्रकृति पर्यटन ९लबतगचभ ितयगचष्कm० अथवा पर्या–पर्यटन ९भअयतयगचष्कm० का रुपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाहरुको अत्याधिक प्रचुरता रहेका राष्ट्रहरुमा पर्यटन विकास र विस्तारका लागि मानवीय प्रयासहरुको तुलनात्मक रुपमा कम जरुरत रहने गर्दछ भने प्राकृतिक सम्पदाहरुको न्यून प्रचुरता रहेका राष्ट्रहरुमा पर्यटन विकासका लागि मानवीय प्रयासहरुको अत्याधिक जरुरत पर्ने गर्दछ । प्राकृतिक सम्पदाहरु रहँदा रहँदै पनि सम्पदाहरुमा आउन सक्ने नकारात्मक प्रभावले पुनः मानवीय प्रयास अथवा संरक्षण सम्बन्धी गतिविधिहरुको आवश्यकतालाई जनाउने गर्दछ । प्राकृतिक सम्पदाका दृष्टिले नेपाल विश्वकै एक उत्कृष्ट पर्यटकीय गन्त्यव्यस्थलहरु मध्येमा पर्ने गर्दछ । नेपालको भौगोलिक विविधता, साँस्कृतिक, भाषिक, जातीगत, वनस्पतिजन्य र वन्यजन्तुगत विविधताले नेपाललाई यो अवस्थामा पु¥याएको हो । यस बाहेक नेपाली जीवनशैली र पाहुनाहरुलाई स्वागत सत्कार गर्ने परम्परागत प्रचलनले नेपाली जीवनशैली पर्यटनका लागि अति उपयुक्त छ भन्ने संकेत गर्दछ । नेपालमा संरक्षित क्षेत्रहरुको स्थापना गर्ने, जैविक विविधतालाई संरक्षण गर्दै पर्यटन विकास र विस्तारका लागि टेवा पु¥याउने प्रचलन सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको स्थापनासँगै शुरु भएको पाइन्छ । त्यसपछि क्रमिक रुपमा राष्ट्रिय निकुञ्जहरु स्थापना हुँदै गए भने सन् १९९२ मा नेपालमा पहिलो र प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्र र वन्यजन्तु आरक्षण तथा शिकार आरक्षण स्थापना हुँदै गए । देशको पूर्वीपाटो तर्फर्हेने हो भने पनि कञ्चनजंगा सिंहलिला कम्प्लेकस,कञ्चनजंगा संरक्षण समिति,घुन्सा पर्यटन वेस क्यामप समिति,लेलेप वेस क्याम समिति जस्ता समुह वा समितिहरु वनाएर कञ्चनजंगा को सम्रक्षण र प्रर्वद्धनमा विकास भएको पाइन्छ । यस्तै गरेर पाथिभरा देवि संरक्षण समिति आदि गठन गरि धार्मिक क्षेत्रको समेत स्थानिय स्तरवाट संरक्षणको प्रयास भएको देखिन्छ । हाल नेपालमा कुल क्षेत्रफलको २० प्रतिशत भन्दा वढी क्षेत्रफल राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन्यजन्तु आरक्षण र शिकार आरक्षणले ओगटेको तथ्यांकले देखाउँछ ।

नेपाल जस्तो सानो राष्ट्रले ठूलो मात्रामा जैविक विविधता, सामाजिक–साँस्कृतिक विविधता, जातीगत विविधता, भाषिक विविधता, पर्यावरणीय विविधता, वन्यजन्तुगत विविधता, बनस्पतिजन्य विविधता जस्ता थुप्रै विविधताहरु ओगटनु र कूल क्षेत्रफलको २० प्रतिशत भन्दा बढी क्षेत्रफल संरक्षण क्षेत्रमा पर्नुले पर्यटन विकासको प्रचुर सभांवनालाई उजागर गर्दछ । नेपाल भौगोलिक रुपमा मात्र नभई हावापानीका हिसावले पनि विश्वका जुनसुकै राष्ट्रका पर्यटकहरुलाई पनि उपयुक्त हुने हावापानी प्रदान गर्न सक्ने राष्ट्रका रुपमा रहेको छ। भौगोलिक विविधतासँगै हावापानीमा रहेको विविधताले गर्दा नेपालको भू–भागलाई बाह्रामासे पर्यटन प्रवद्र्धनका लागि अति उत्तम राष्ट्रका रुपमा लिने गरिन्छ । नेपालले थुप्रै सम्पदाहरुलाई आफ्नो पर्यटकीय श्रोतहरुका रुपमा ओगट्न सफल भएपनि पर्यटकीय पूर्वाधार विकासमा उचित ध्यान दिन नसक्दा नेपालमा भ्रमण गर्ने पर्यटकहरुको संख्या भने उल्लेख्य मात्रामा बढ्न सकेको छैन। विभिन्न सम्पदाहरु भएपनि सम्पदाहरुको अवलोकन तथा भ्रमण गर्न आवश्यक पर्ने सडक, खानेपानी, विद्युत, संचार,आवास,सुचना केन्द्र तथा सामाग्रिहरु आदि जस्ता पूर्वाधार विकासमा उल्लेख्य प्रगति हुन नसक्दा सम्पदा क्षेत्रहरु भ्रमण गर्ने पर्यटकहरुको संख्या न्यून नै रहेको पाइन्छ । दूर्लभ मानिने प्रजातिहरु भएका सम्पदा अथवा संरक्षण क्षेत्रहरुपनि पर्यटकीय क्षेत्रहरुको घोषणासँगै पर्यटकहरुलाई आवश्यक पर्ने सरल र शुलम पूर्वाधारहरुको पनि निर्माण गर्न सके पर्यटकहरुको संख्या बढ्ने निश्चित देखिन्छ।

नेपालको पर्यटनको विकास तथा विस्तारमा संरक्षण क्षेत्र तथा विश्व सम्पदा क्षेत्रहरुको संभावना र समस्याहरुलाई बुँदागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ ।

संभावनाहरु

विश्वसम्पदा सूचीमा समावेश गरिएका नेपालका साँस्कृतिक तथा प्राकृतिक सम्पदाक्षेत्रहरु विश्वका जुनसुकै राष्ट्रका पर्यटकहरुका लागि पनि आकर्षक पर्यटकीय गन्तव्यस्थलहरु बन्न सक्दछन् ।नेपालका साँस्कृतिक क्षेत्रका दुई महत्वपूर्ण विश्व सम्पदा क्षेत्रहरु हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरु दुवैलाई आकर्षण गर्न सक्ने भएकोले पर्यटन विकासमा ठूलो योगदान पु¥याउन सक्दछन् ।नेपालका संरक्षण क्षेत्रहरुमा विश्वमा नै दुर्लभ मानिने वनस्पति तगा जन्तुहरु रहेकोले विश्वका जुनसुकै राष्ट्रका पर्यटकहरुलाई आकर्षण गर्न सक्दछन् ।नेपालले हाल कूल क्षेत्रफलको करिब २० प्रतिशत क्षेत्रफललाई संरक्षण क्षेत्रको रुपमा राखेको छ, जहाँ जैविक विविधताको संरक्षण भइरहेको छ। जैविक विविधताको संरक्षण गरिएका क्षेत्रहरुमा प्रकृति पर्यटन तथा पर्या–पर्यटनको विकास गरी पर्यटन क्षेत्रबाट थप लाभ लिन सकिन्छ ।नेपालले घोषणा गरेका संरक्षण क्षेत्रहरुमा विभिन्न दुर्लभ वन्यजन्तुका साथै दुर्लभ वनस्पति तथा वन पैदावारहरु पनि पाइने भएकोले वन पैदावार तथा वनस्पति अध्ययन तथा अनुसन्धान गर्ने पर्यटकहरुका लागि यो क्षेत्रहरु अति आकर्षक छन् ।नेपालका संरक्षण क्षेत्रहरुमा रहेका पर्यावरणीय प्रणालीहरुले विश्वका जुनसुकै राष्ट्रका पर्यटकहरुलाई पनि आकर्षण गर्न सक्दछन् । पर्यावरणीय प्रणालीहरुको अध्ययन तथा अनुसन्धान गर्ने पर्यटकहरुलाई पनि यो क्षेत्रहरु अति उपयुक्त भएकोले अध्ययन तथा अनुसन्धानसँग सम्बन्धित पर्यटकहरु बढाउन सकिन्छ ।संरक्षण क्षेत्रहरुबाट बहुमुल्य जडिबुटी तथा वनस्पतिहरु सिमित मात्रामा निर्यात गरी पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुको निर्माण गरी पर्यटन क्षेत्रको विस्तार गर्न सकिन्छ ।नेपालका संरक्षण क्षेत्रहरु नेपालका विभिन्न भागहरुमा छरिएर रहेकोले पर्यटकहरुले संरक्षण क्षेत्रहरुको भ्रमण तथा अध्ययन अवलोकन गर्दा संरक्षण क्षेत्र वरिपरि तथा पदयात्रा मार्गका वासिन्दाहरुले पनि पर्यटन क्षेत्रबाट प्रशस्त फाइदा लिन सक्दछन् ।विभिन्न संरक्षण क्षेत्र वरपरि पर्यटकहरुका लागि होटेल, मनोरञ्जन केन्द्र होमस्टे, जातिगत साँस्कृतिक कार्यक्रम, विशेष जातिगत खानाका परिकारहरु जस्ता क्रियाकलापहरु सञ्चालन गरी पर्यटन क्षेत्रबाट फाइदा लिन सकिन्छ । नेपालका संरक्षण क्षेत्रहरु तराई, पहाड र हिमाल सबैतिर छरिएर रहेकोले विभिन्न समयमा हावापानीमा आउने परिर्वतन क्षेत्रहरुमा भ्रमण गर्न सिफारिस गरी वर्षभरी नै पर्यटन व्यवसाय सञ्चालन गर्न सकिन्छ ।नेपालका विश्व सम्पदा क्षेत्र तथा संरक्षण क्षेत्रहरु साँस्कृतिक धार्मिक र प्राकृतिक सबै हिसाबले निकै महत्वका भएकोले यी सबै क्षेत्रसँग सम्बन्धित विश्वका जुनसुकै राष्ट्रका पर्यटकहरुलाई आकर्षित गरी पर्यटनबाट फाइदा लिन सकिन्छ ।

समस्याहरु

नेपालका संरक्षण क्षेत्रहरुबाट भईरहेको वनस्पति तथा दुर्लभ वन्य जन्तुहरुको चोरी शिकारी तथा पैठारी हुनु,विश्व सम्पदा क्षेत्रहरुको अतिक्रमणका साथै सम्पदा क्षेत्रहरुमा बढ्दै गइरहेको प्रदूषण, संरक्षण क्षेत्रहरु वरिपरिका बासिन्दा र संरक्षण नियकाहरु बीचको द्वन्द्व, संरक्षण क्षेत्रहरुबाट निस्कने वन्यजन्तुहरुले गर्ने जनधन तथा बालीनालीहरुको क्षति माथि गम्भिर नहुनु ।वढ्दो वन फँडानी तथा दूर्लभ मानिने वन्य जन्तुहरुको चोरी शिकारी र पैठारी, संरक्षण क्षेत्रहरु भित्र आवश्यकता भन्दा वढी मात्रामा सञ्चालनमा रहेका पदयात्रा मार्गहरु,संरक्षण क्षेत्रहरुमा प्रवेश गर्दा पालना गर्नुपर्ने आचार संहिताहरुको कम पालना हुनु,संरक्षण क्षेत्रहरुमा पदयात्रा गर्ने पर्यटकहरुलाई आवश्यक पर्ने पिउने पानी, शौचालय र पदयात्रा मार्गहरुको जानकारी दिने सूचना पाटीहरुको अभाव । वातावरणको सम्वेदनशीलतालाई बुझ्ने र वातावरण मैत्री क्रियाकलापहरु मात्र सञ्चालन गराउन सक्ने पर्यटक पथ प्रदर्शक ९त्यगच नगष्मभक० हरुको अभाव, संरक्षण क्षेत्र वरिपरि बसोबास गर्ने स्थानीय बासिन्दाहरुको संरक्षण क्षेत्रप्रति रहँदै आएको नकारात्मक धारणा वा अपनत्वको भवना नहुनु, संरक्षण क्षेत्रहरुमा संरक्षण गर्ने कार्यका स्थानीय निकायहरुको न्यून सहभागिता हुनु,संरक्षण क्षेत्रहरुमा रहेका वनस्पति तथा जन्तुहरुको प्रभावकारी संरक्षण गर्न चाहिने आवश्यकता जनशक्ति,श्रोत, साधन र प्रविधिको नयाँ नयाँ खोज नर्गनु,संरक्षण क्षेत्रहरुको प्रभावकारी संरक्षण, पर्यटन विकास तथा विस्तारका लागि आवश्यक पर्ने दीर्घकालीन नीति तथा योजनाहरुको अभाव, संरक्षण क्षेत्रहरुमा अनावश्यक तथा पहँुचवाला व्यक्तिहरुले मात्र होटेल सञ्चालन संरक्षण गर्न पाउने अवस्थाको सिर्जना हुनु, संरक्षण क्षेत्रहरुमा पर्यटकहरुले सञ्चालन गर्ने संरक्षण क्षेत्र आचारसंहिता बाहेकका अवैध क्रियाकलापहरु, संरक्षण क्षेत्रहरुको प्रभावकारी संरक्षणका लागि गर्नुपर्ने जनपरिचालन र संरक्षण अभियानहरुको कमि आदि जस्ता कारणहरुले गर्दा प्राकृतिक रुपमा रहेका पर्यटकिय क्षेत्रहरु र धार्मिक क्षेत्रहरुमा सम्यस्याहरु आउने गर्दछन् ।

यसै गरि हाम्रो जस्तो धेरै खाले पर्यटकीय सम्भावनाहरु बोकेको जिल्ला इलाममा पनि वार्षिक रुपमा आन्तरिक र वाह्य पर्यटकहरु त आउने नै गर्दछन् तर यस जिल्लामा भएका सम्पूर्ण पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धन र पूर्वाधारहको विकास र विस्तार गर्न नसक्दा वा पस्कन नसक्दा भनेजति जिल्लाका बिभिन्न गाउँपालिकाहरुका र नगरपालिकाहरुका पर्यटकिय क्षेत्रहरुवाट आम्दानी भित्राउन भने सकिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार