पूर्व विद्यार्थीद्वारा विद्यालयलाई ५ थान कम्प्युटर प्रदान

  नन्दन सर्वत लिम्बू
0 Shares

इलाम : इलामको देउमाई नगरपालिका ९ जीतपुरमा जन्मिएका श्री १०८ स्वामी कृष्ण महाराजले जीतपुर माद्यमिक बिद्यालयलाई ५ थान डेक्सटप कम्प्युटर सौजन्य गरेका छन् ।

नेपाल लगायत भारतका विभिन्न ठाउँमा प्रख्यात स्वामी गुरुले आफ्नो गाउँ परिवेश र आफुले पढेको बिद्यालय प्रबिधीमैत्री शिक्षणमा अभ्यास भैइरहेको बिद्यालयलाई सो प्रबिधी प्रदान गरेको बताईएको छ ।

श्री कृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष पदम प्रसाद पोख्रेलको हस्तबाहुली बाट वडाका अध्यक्ष प्रेम सागर पोख्रेलले ग्रहण गरेका थिए । उक्त कम्प्युटर बितरण कार्यक्रममा बिद्यालयका सहप्रधानाध्यापक एकदेव भट्टराईले धन्यवाद सहित कृतज्ञता पत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा वडाका अध्यक्ष,शिक्षक बिध्यार्थी र प्रणामी समितिका सदस्यहरु माझ उक्त सौजन्य प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार