फाकफोकथुम गाउँपालिका अध्यक्ष कप आजदेखि सुरू

  गोविन्द लामिछाने  117 पटक हेरिएको

फाकफोकथुम : फाकफोकथुम गाउँपालिका अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता आजदेखि सुरू भएको छ । फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माध्यमिक विद्यालय आमचोकको खेल मैदानमा सुरू भएको उद्घाटन खेलमा विद्यालय परिवार विजयी भएको छ ।

फाकफोकथुम गाउँपालिकाका कर्मचारी र विद्यालय परिवारबीच भएको मैत्रीपूर्ण खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । ट्राइबेकरमा विद्यालय परिवारले ४–३ गोलले कर्मचारीलाई पराजित ग¥यो ।

त्यस्तैगरी आजै भएको पुरूषतर्फको खेलमा वडा नं. ४ बी फूएतप्पा दुई गोल गर्दै विजयी बन्यो । वडा नं. ४ बी र वडा नं. १ ए बीच भएको निक्कै घम्साघम्सी र सनसनीपूर्ण खेलमा फूएतप्पाले दुई गोल ग¥यो ।
महिलातर्फको खेलमा वडा नं. ४ वाक ओभर पाउँदै विजयी बनेको छ । वडा नं. २ को महिला टीम खेलमा सहभागी नबनेपछि वडा नं. ४ ले वाकओभर पाएको थियो ।

त्यस्तैगरी ४० वर्ष माथिको भेन्ट्रान्सतर्फ वडा नं. ४ र वडा नं. ३ बीच भएको घम्साघम्सी खेलमा शुन्यका विरुद्ध १ गोल गर्दै वडा नं. ३ विजयी बनेको छ । वडा नं. ३ का तर्फबाट विशाल थापाले गोल गरी टीमलाई विजयी गराए ।
आजै भएको अन्तिम खेलमा वडा नं. ५ बी टीम विजयी भएको छ । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा वडा नं. ५ ले वडा नं. ३ बी टीमलाई १ का विरुद्ध २ गोल गर्दै विजयी हासिल गरेको हो ।

पुरूषतर्फको खेलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद, प्रमाण पत्र र मेडल पाउनेछन् । त्यस्तैगरी महिला र भेन्ट्रान्सतर्फ विजेताले ३०÷३० हजार र उपविजेताले १५÷१५ हजार नगद, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।
खेलको उद्घाटन अवसरमा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले खेलको माध्यमबाट देश विकास हुने भएकाले खेलको महत्वपूर्ण भूमिका रहेको बताए । स्वास्थ्यका लागि खेलकूद र राष्ट्रको लागि खेलकूद भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार