इलाममा मागअनुसार उत्पादन नहुँदा भारतीय तरकारीको प्रयोग बढ्दै

  नयाँ बुलन्द
0 Shares

इलाम : बाहिरी जिल्लामा तरकारी निर्यात गर्ने इलाममा यतिबेला भने भारतीय तरकारीले बजार लिएको छ । बजारको मागअनुसार उत्पादन नहुँदा भारतीय तरकारीको प्रयोग बढ्दै गएको हो ।

तरकारी उत्पादन गरेर तराईका मुख्य बजारदेखि भारतसम्म निर्यात गर्ने इलामका मुख्य बजारमा अहिले भारतीय तरकारीकै बर्चस्व छ । टमाटर, काउली, मूला, रायो साग, स्कुस, खुर्सानीलगायतका तरकारी भारतसम्म पठाउने इलामले अहिले उल्टै उतैबाट आयात गरिरहेको छ ।

इलाम सदरमुकाममा १८ वर्षदेखि तरकारी पसल चलाउँदै आएका विजय वरई स्थानीय उत्पादन घट्दा दैनिक एक गाडी भारतीय तरकारी आयात भएको बताउँछन् ।

सदरमुकामबाहेक अन्य बजारमा पनि जिल्लाको उत्पादनले धान्न सकेको छैन । सिलिगुडीबाट झापाको बिर्तामोड आएको तरकारी स्थानीय तरकारी व्यापारीले इलाम ल्याउने गरेका छन् । यसरी आएको तरकारी किसानको बारीमा पाउने मूल्यभन्दा दोब्बर बढी पर्ने गरेको छ ।

एकातिर चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ भने अर्कोतिर भारतीय तरकारीमा अत्याधिक विषादीको प्रयोग हुँदा स्वास्थ्यमा पनि जोखिममा परेको उपभोक्ताको गुनासो छ ।

साबिकको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार इलाममा जिल्लाका किसानले ३ सय ९६ हेक्टरमा फुलगोभी लगाएर वार्षिक ६ हजार ५ सय ९६ टन बिक्री गर्ने गरेका छन् । कृषि उत्पादन बढाइ सकेसम्म निर्यात गर्नेतर्फ कृषकहरु अघि बढ्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार