पाँचथर : पाँचथरको हिलिहाङ गाँउपालीका गोपेटार स्थित एनएमबि माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्यामा अभियुक्त सार्वजनिक गरिएको छ ।
हत्या आरोपी हिलिहाङ ६ का १९ वर्षीय घनेन्द्र लावती लाइ विहिवार साँझ पक्राऊ गरेको थियो । प्रहरीले तामाङको साथवाट लुटिएको ८१ हजार ७० र हत्यामा प्रयोग भएको खुकरी पनि सार्वजनिक गरिएको छ ।
हिलिहाङ ६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालन सँगै व्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते हिलिहाङ ६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
इलामको माइ जोगमाइ घर भएकी २० वर्षीय तामाङ एनएमवि माइक्रोफाइनान्स गोपेटारमा प्रशिक्षार्थी सहायकका रुपमा कार्यरत थिइन ।