इलाममा जडिबुटीबाट उत्पादित अचारको व्यापार फस्टाउदै

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा जडिबुटीबाट उत्पादित अचारको व्यापार फस्टाएको छ ।

यहाँका व्यवसायीले वार्षिक २५ लाख रुपैयाँभन्दा बढीको जडिबुटीबाट उत्पादित अचारको व्यापार गर्ने गरेका छन् । विभिन्न जडिबुटीबाट अचार बनाएर बिक्री गर्न अहिले स्थानीय महिलालाई भ्याइनभ्याई छ ।

बोझो, तुलसी, सील टिमुर, टिमुर, अमला, लप्सी, किवी, अकबरे खुर्सानी र कागतीजस्ता अग्र्यानिक उत्पादनबाट स्वादिलो अचार बनाउने गरेको उनीहरु बताउँछन् ।

इलाम बजारमा रहेको नमूना कलेक्सन अचार उद्योगकी प्रोपाइटर कमला बास्कोटा जडिबुटीको अचार लोकप्रिय बन्दै गएको बताउँछिन् । यहाँ उत्पादित अचार इलाम घुम्न आउने पर्यटकले कोसेलीका रुपमा खरिद गर्ने गरेका छन् ।

आन्तरिक बजारमै अचार खपत हुन थालेपछि घरेलु उद्योगका रुपमा अचार उद्योग खुल्ने क्रमसमेत बढेको छ । घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका अनुसार जिल्लामा १२ वटा अचार उद्योग दर्ता भएका छन् । यी उद्योगमा उत्पादित अचार खाद्य तथा गुण नियन्त्रण कार्यालयमा परीक्षण गराएको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार