स्वदेश फर्किनासाथ गुठी विधेयकबारे के भने प्रधानमन्त्रीले !

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीसम्बन्धी विधेयकमा भूलवश केही गल्ती भएको भए सच्याउने बताएका छन् ।

साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा केही गल्ती भएको भए त्यसलाई सच्याउने बताएका हुन् । उनले विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेहरुले कुनै मौका नपाउने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले जनतालाई दुःखी बनाउन सरकारले नचाहने भन्दै जनता सधैं खुुसी भएको हेर्न चाहेको बताए । उनले गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था रहेकाले त्यसलाई सम्बोधन गर्न सरकारले विधेयक अघि बढाएको प्रष्ट पारे । तर सबैतिर त्यस्तो अवस्था नरहेको र सांस्कृतिक कुरा जोडिएका गुठीको बेग्लै कुरा हुने उनले बताए ।

यही कुरालाई लिएर विरोध र आन्दोलन गर्नुको औचित्य नभएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारेको विवाद अदालतमा विचाराधीन रहेकाले केही बोल्न नसक्ने बताए ।

गत जेठ २५ गते युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् । उनले स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गरे ।

उनलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्रीहरु, सांसदहरु विमानस्थल पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार