शाकाहारी खानामा होटेलले हड्डीका टुक्रा मिसाएर जन्तीलाई खुवाएपछि झण्डै टुटेन विवाह

  नयाँ बुलन्द  174 पटक हेरिएको

धनुषा : जनकपुरको मुजेलियामा सञ्चालित होटेल राजदरबारमा शाकाहारी खानामा हड्डीको टुक्रा भेटिएपछि बेहुला र बेहुली पक्षबीच विवाद भएको छ । होटेल राजदरबारको बदमासीले विवाह नै टुट्नेसम्मको अवस्था सिर्जना भएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोक निवासी रामबाबु यादवले छोरीको विवाहको सम्पूर्ण व्यवस्थापन ३ लाख ६५ हजार रुपैयाँमा शुक्रबार राति राजदरबार होटेलमा गरेको थियो । विवाहको लागि सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरबाट शिवशंकर यादवका छोराको जन्ती आएको थियो ।

राति १२ बजे बेहुला र बेहुलीबीच स्वयम्बर सकिएपछि बेहुलासहित सबै जन्ती खाना खानको लागि बसे । दुल्हासहित जन्तीका धेरै मानिस शाकाहारी भएकाले पहिले नै होटेलवालालाई भनेर दालभात तरकारीसहित शाकाहारी भोजनको व्यवस्था गरिएको थियो ।

तर जब सबैले थालमा खाना थपेर खाना खान सुरु गरे सबैको खानामा हड्डीको टुक्रा फेला पर्न थाल्यो ।  त्यसमा धेरै वैष्णव कन्ठीधारी जन्तीसमेत भएकाले आफ्नो धर्मकाे अपमान गरेको भन्दै जन्तीहरु खाना छाडेर छोरी पक्षमाथि आक्रमक भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार