वविता तामाङ मृत्यु प्रकरण : दोषीलाई कारवाही गर्न जनजाति महासंघको माग

इलाम : नेपाल आदिवासी जनजाति महासंघ इलामले गत आइतबार झापाको कन्काई हस्पिटलमा महासंघ सूर्योदय नगर अध्यक्ष सोनाम योल्मो र सूर्योदय नगरपालिका १० का वडाध्यक्ष पेमा उगेन लामामाथि नियोजित रूपमा कुटपिट गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्न प्रहरीलाई कारवाहीको माग गरेको छ । महासंघका उपाध्यक्ष दीपक गुरुङद्वारा हस्ताक्षरीत विज्ञप्तीमा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख मोहनकुमार थापाको नेतृत्वको टोलीले नियोजित रूपमा आक्रमण गरेको भन्दै कारबाही गर्न माग गरेको हो ।

सूर्योदय नगरपालिका ९ की २१ वर्षीया वविता तामाङको २६ जेठमा झापाको विर्तामोडस्थि कन्काई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

तामाङको मृत्युपश्चात अस्पताल परिसरमा उत्पन्न भएको समस्या समाधान गर्न वार्तामा बसेका बेला नगर अध्यक्ष योल्मोसहित, सूर्योदय नगरपालिका १० का वडाअध्यक्ष पेमा उगेन लामा, मानवीर लाप्चा, सन्तोष राई, राज राई र समेतलाई प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको थियो ।

इलाम सूर्योदय नगरपालिकाकी छिरिङ तामाङकी २१ बर्षीय छोरी विविता तामाङको उपचारमा लार्पाबाही भएको भन्दै प्रशासनसँग वार्ताका लागि अस्पताल परिसरमा पुग्दा प्रहरीले उनीहरुलाई प्रहरीले कुटपिट गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार