सन्दकपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई

  विविसी हाङखिम
14 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकको २०७५/०७६ को वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यन्वयन सम्बन्धि सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम गाउपालिका अध्यक्ष उदयबहादुर राईको अध्यक्षतामा भएको हो । कार्यक्रमको उद्घाटन गाउपालिकाका अध्यक्ष उदयबहादुर राइले ब्यानर पढेर गरेका थिए ।

कार्यक्रममा बार्षिक नीति तथा कार्यक्रमको बारे प्रमुख प्रशासकीय अधिकृत महेश राईले प्रस्तुत गरेका थिए ।

गाउँपालिकाको चालू बजेट रकम १८ करोड ६६ लाख ४ लाख ७० हजा १ सय रुपैयाँ रहेकोमा ११ करोड ४९ लाख २० हजार ८ सय ४७ रुपैयाँ (६१ दशमलव ५९ प्रतिशत) खर्च भएको छ ।

पूँजीगत बजेटतर्फ १२ करोड २ लाख ७७ हजार ६ सय मध्ये ९ करोड २३ लाख २३ हजार ८ सय २५ रुपैयाँ खर्च भएको छ । यो ७६ दशमलव ७६ प्रतिशत हो ।

अध्यक्ष राईले गाउँपालिकामा रहेका सोलार, लघुजलविद्युत तथा पेल्ट्रीकसेटहरु बिस्तारै बिस्थापित गर्ने योजना रहेको र चुनावका समयमा जनतासँग गरेका घोषणापत्रहरु समय समयमा पढ्ने गरेको, सन्दकपुरलाई समृद्ध बनाउनका लागि सरकारको मात्र मुख नताकिकन हातमाहात काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गरे ।

उनले भाषा, धर्म, संस्कृति समृद्ध बनाउनका साथै सन्दकपुर पुग्न २ वटा सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाए ।

उपाध्यक्ष शोभा पराजुलीले अलैंची र तितेपाती अनि लेमचोङ्को तेल निकाल्ने फ्याक्ट्री सन्दकपुर २ मा स्थापना भइसकेको बताउँदै अब दलितहरुको परम्परागत पेशालाई परिस्कृत र परिमार्जित गर्दै लैजाने प्रतिवद्धता जनाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार