नेकपा परित्याग गरी दर्जनौं नेता कार्यकर्ता समाजवादी पार्टिमा प्रवेश

  नयाँ बुलन्द  175 पटक हेरिएको

जनकपुरधाम : सत्ता रुढदल केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा पार्टी परित्याग गरी दर्जन भन्दाबढी नेता तथा कार्यकर्ताहरु समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । धनुषाधाम नगरपालिकामा बलियो पक्कड बनाएका नेकपाका दुःखी दनुवारसहित दुई दर्जन भन्दाबढी नेता तथा कार्यकर्ताहरु उनकै नेतृत्वमा पार्टी परित्याग गरी समाजवादी पार्टी नेपालमा प्रवेश गरेका हुन् ।

समाजवादी पार्टी नेपालका प्रदेश नं. २ का अध्यक्ष विजय कुमार यादवले नव प्रवेशीहरुलाई स्वागत गरी पार्टीको सदस्यता प्रदान गरेका हुन् ।उनीहरुले नेकपाले आफ्नो सिद्धान्त बमोजिम काम नगरेको तथा काम गर्न पनि नदिएको आरोप लगाउँदै असन्तुष्ट भएर समाजवादी पार्टीमा प्रवेश गरेको प्रदेश नं। २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवका स्वीकय सचिव अजय यादवले जानकारी दिए । मन्त्री यादव समाजवादी पार्टी नेपालका प्रदेश नं। २ का अध्यक्ष समेत हुन् । प्रदेश नं. २ को पार्टी अध्यक्षको हैसियतले उनले नव प्रवेशीहरुलाई अबिर माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

यसअघि पनि धनुषाधाम नगरपालिकाका विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु समेत पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका थिए । त्यसमा नाम कमाएका नेताहरु समेत विभिन्न पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरेको जनाइएको छ । सरकार मधेसको जनताप्रति उत्तरदायी नभएको नवप्रवेशीहरुले आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार