वविता तामाङ मृत्यु प्रकरण : दोषीलाई कारवाही गर्न समाजवादी पार्टीको माग

  नयाँ बुलन्द
0 Shares

इलाम : समाजवादी पार्टी नेपाल सूर्योदय नगर समितिले वविता तामाङ मृत्यू प्रकरणका दोषीलाई कारवाही गर्न माग गरेको छ । सूर्योदय नगरपालिका ९ की २१ वर्षीया वविता तामाङको २६ जेठमा झापाको विर्तामोडस्थि कन्काई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

समाजवादी पार्टीले एक प्रेस विज्ञप्ती जारी गर्दै घटना डाक्टर र अस्पतालको लापारवाहीले भएको भन्दै लापारवाही र गैरजसम्मेवारप्रति भत्सर्ना गर्दै अनुसान्धानको दायरामा ल्याई दोषीलाई कारवाहीको माग गरेको हो । साथै मानवीय स्वास्थ्य सेवासँग सम्बन्धित स्वास्थ्य संस्थाबाट यस्तो लापारवाही नदोहोर्‍याउन ध्यानाकर्षण समेत गरेको छ ।

यस्तै सो घटनालाई लिएर प्रहरीले आफ्ना पार्टीका नगरसहसचिव सोनाम यल्मूसहित तामाङ पक्षलाई गरेको दमनप्रति खेद प्रकट गर्दै घटनामा संलग्न प्रहरीलाई कारवाही गर्न माग गरेको छ ।

नगर अध्यक्ष सुरेन्द्र मोक्तान र सचिव सुवास चौरासे राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा सार्वजनिक स्थानमा प्रहरी प्रशासनद्वारा निर्घात कुटपिट साथै सार्वजनिक रुपमा अपमान गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न माग गरेको  छ।

तामाङको मृत्युपश्चात अस्पताल परिसरमा उत्पन्न भएको समस्या समाधान गर्न वार्तामा बसेका बेला नगर सहसचिव योल्मोसहित, सदस्य मानवीर लाप्चा, सन्तोष राई, राज राई र सूर्योदय नगरपालिका १० का वडाअध्यक्ष पेमा उगेन लामासमेतलाई प्रहरीले लाठी चार्ज गरेको थियो ।

यता नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर परिषदले समेत सो घटनाको खेद प्रकट गर्दै दोषीलाई कारवाही गर्न माग गरेको छ ।

उपचारमा चिकित्सकले लापारवाही गरेको भन्दै आफन्तले अस्पतालमा शव राखेर प्रदर्शन गरेका बेला समन्वयका लागि पुगेका सूर्योदय नगरपालिका १० का वडाअध्यक्ष पेमा उगेन लामा र आदिवासी जनजाति महासंघ सूर्योदय नगरपरिषदका अध्यक्ष सोनाम योल्मो सहित पीडितका आफन्तमाथी प्रहरीले गरेको दमनको बिरोध गर्दै संलग्नलाई कार्वाही गर्न माग गरेको हो ।

नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषदका उपाध्यक्ष युवराज प्रधानद्वारा हस्ताक्षरीत विज्ञप्तीमा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षकको नेत्रृत्वमा रहेको टोलिले नियोजित रुपमा आक्रमण गरेकाले छानविन गरि कार्वाही गर्न माग गरीएको छ ।

प्रहरीले जनप्रतिनिधिलाई अपशब्द प्रयोग गर्दै कुटपीट गरेकाले घटनाको छानविन गरि कार्वाहीको माग गरिएको छ । कन्काई अस्पतालको घट्ना मिलाउने प्रयास भैरहदा प्रहरीकै कारण बिथोलीएको विज्ञप्तीमा उल्लेख छ । प्रहरीले वडाअध्यक्ष लामा र अध्यक्ष योल्मोलाई प्रहरीले कुटपीट गरेको भिडियो समेत पीडित पक्षसँग सुरक्षित छ ।

वडाध्यक्ष लामाले न्यायका लागि अस्पताल पुगदा अस्पतालले आफनो कमजोरी लुकाउन प्रहरी बोलाएर दमन गरेको बताए । यता

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार