इलामको पुवाखोलामा आगलागि , पाँच करोडकाे क्षति

  नयाँ बुलन्द  489 पटक हेरिएको

 इलाम : इलामको पुवाखोला स्थित अपर पुवा १ साना जलविद्यतु आयोजनामा आज दिउसो अकस्मात आगलागि हुँदा पाँच करोड बराबरको क्षति भएको छ । जोशी हाइड्रोपावर कम्पनीद्धारा निर्मााण गरिएको तीन मेगावाट क्षमताको उक्त आयोजनाको पावरहाउसमा जडान भएको दुई टर्वाइन मध्ये एकमा अचानक आगलागि भएपछि उक्त क्षति भएको आयोजनाका कर्मचारीले जनाएका छन् ।

डेढ मेगावाट क्षमताको एक टर्वाइन विग्रीएर केहि दिन अगाडिदेखि नचलाएको तर आज अकस्मात उल्टो घुमेर आगलागि भएको बताइएको छ । आगलागि लगत्तै कर्मचारी र स्थानीयले पावरहाउसमा पानी वन्द गरि आगो नियन्त्रणमा लिएका थिए ।

एक टर्वाइन विग्रिएपछि उक्त जलविद्युत आयोजनाबाट डेढ मेगावाट मात्र विद्युत उत्पादन हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार