फिदिम : गत जेष्ठ ६ गते राती पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा दुई परिवारका ९ जनाको सामूहिक हत्यामा भागेर बाँच्न सफल भएकी किशोरीले इटहरीमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा अध्ययन गर्ने भएकी छिन् ।
इटहरी १९ स्थित भवानीपुरमा रहेको उक्त विद्यालयमा शनिबार एक कार्यक्रमको आयोजना गरि किशोरीलाई उक्त विद्यालयमा भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक शिबचन्द्र राईले बताए । प्रधानाध्यापक राईले भने, ‘१४ बर्षीया सीता खजुम लिम्बु कक्षा ९ मा अध्ययन गर्ने गरि हामीले अभिभावकत्व ग्रहण गरेका छौँ, उनको बाबुआमा हामी नै हो ।’
उनका अनुसार परिवार गुमाएको पीडा आलै रहँदा आँफूहरुले अभिभावकत्व ग्रहण गर्दा पीडित किशोरीले परिवार पाउने भएकाले तत्काल आँफूहरुले यो विद्यालयमा भर्ना गरिएको हाे ।