लोक सेवा तयारी कक्षा समापन

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा संचालित ४५ दिने लोक सेवा आयोग तयारी कक्षा समापन गरिएको छ ।

माङसेबुङ गाउँपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद माङसेबुङको आयोजनामा संचालित तयारी कक्षाको शनिबार समापन गरिएको हो ।

सदरमुकामस्थित केएम टी कलेजमा संचालित तयारी कक्षामा माङसेबुङ गाउँपालिकाका २० जना विद्यार्थीको सहभागिता थियो । तयारी कक्षामा जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत सफल पोर्तेल, मालपोत कार्यालय मंगलबारेका अधिकृत यादव राउत, सूर्योदय नगरपालिकाका अधिकृत खेम राई, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रमेश खत्री, यातायात कार्यालय इलामका खरिदार रमेश गुरागाई, जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर कृष्णबहादुुर लिम्बूले सहजीकरण गरेका थिए ।

तयारी कक्षाका लागि माङसेबुङ गाउँपालिकाले नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषदलाई २ लाख ३३ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार