पर्यटक पथ प्रदर्शक तालिम सकियो

इलाम : इलाम सदरमुकाममा संचालन गरिएको ३ दुवसिय पर्यटन पथ प्रदर्शक तालिम सम्पन्न भएको छ ।

इलाम नगरपालिकाको सहयोगमा र भरोसा नेपाल इलामले बुधबारदेखि संचालन गरेको कार्यक्रममा पर्यटन क्षेत्र सग सम्बन्धित ६१ जनाको सहभागिता रहेकोे थियो ।

भरोसाका अध्यक्ष विक्रम लिम्बुको अध्यक्षता र इलाम नगरपालिका प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यता भएको कार्यक्रममा युद्दप्रसाद बैद्य, नवराज शंकर, सन्जिव पौडेल, कुमार श्रेष्ठ र प्रसान्त गिरिले सहजीकरण गरेका थिए ।

तालिममा पर्यटनको परिचय र तिनको जानकारी, पथ प्रदर्सक सम्बन्धित ज्ञान र ब्यवहारिक अनुभव बारे जानकारी, पर्यटन र विकास बिछ अन्तर सम्बन्ध एवं ब्यत्तित्व र नेतृत्व साथै पथ प्रदसकको अवसर र चुनौती बारेमा सहजीकरण गरिएको थियो ।

कार्यक्रम ज्यादै प्रभावकारी र समय सापेक्ष भएको बताउदै तालिममा सहभागीले यस्तो कार्यक्रम अझै आवस्यक रहेको अपेक्षा गरेका थिए । तालिम दैनिक ६ घण्टाका दरले १८ भएको थियो भने आगामी दिनमा समेत पुर्नताजकी गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा १० स्थानीय तहका पर्यटन सग सम्बन्धित समितीका पदाधिकारी, होटल ब्यवसायी, होमस्टे संचालक, यातायात ब्यवसायी र पर्यटनमा खोज अनुसन्धान गर्दै पथ प्रदशक गरिरहेका युवागरुको सहभागिता रहेको थियो । कार्यक्रम अति आवस्यक, प्रभावकारी र महत्त्वपूर्ण रहेको सहजकर्ताले बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार