लोक सेवाको विज्ञापनप्रति पुर्वाचंल इन्जिनियरिङ क्याम्पसको विरोध

धरान : नेपाल सरकारले लोकसेवा आयोगमा निकालिएको बिज्ञापन असंबैधानिक भएको भन्दै पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरानले बिरोध प्रदर्शन तथा बिज्ञापन जलाएको छ ।

पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरानको संयुक्त विद्यार्थी संघर्ष समितिले क्याम्पसबाट धरानको भानुचोकमा पुगेर कोणसभा गरेको छ।कोणसभामा सामान्य प्रशासन मन्त्री लालबाबु पन्डित र लोकसेवा आयोगका आयुक्त उमेश मैनालिको राजिनामा समेत माग गरेर नाराबाजी गरे।असंवैधानिक बिज्ञापन खारेज गर,समाबेशी बिज्ञापन लागू गर जस्ता नारा र प्लेकार्ड लिएका थिए।

नेपाल सरकार लोकसेवा आयोगले देश भरमा ९१६१ जनाको बिज्ञापन गरेकोमा नेपालको संविधान अनुसार कुल संख्याको ४५ प्रतिशतलाई पुर्ण प्रतिशत मानेर आदिवासी जनजाति,महिला,मधेसी,दलित,अपांग,पिछडा बर्गलाई आरक्षणको ब्यावस्था गरेको छ।तर सोही अनुसार नगरेको विरुद्ध विद्यार्थीहरुको बिरोध जनएको छ।संविधान अनुसार ९१६१ जनाबाट महिलाको आरक्षणमा १३६० जना हुनुपर्नेमा १६४२ जना आरक्षण छुट्याइएको छ।

आदिवासी जनजातिको लागि १११३ जना हुनुपर्नेमा ५०८ जना मात्र राखेको छ।मधेसीको आरक्षणमा ९०७ जना हुनुपर्नेमा ७६ जना मात्र राखेर ८६१ जना कटौती गरेको छ। दलितले ३७१ जना आरक्षण पाउनुपर्नेमा ३० जना मात्र राखेर ३४१ जना कटौती गरेको छ।अपांगले २०६ जना आरक्षण पाउनुपर्नेमा ४ जना मात्र छुट्याइएको छ।त्यसैगरी पिछडा बर्गले १६५ जना पाउनुपर्नेमा २ जना मात्र छुट्याइ १६३ जना कटौती गरिएको छ।

संविधानमा देश संघीयतामा जाने र प्रदेश लोकसेवा गठन हुने ब्याबस्था समेत गरेको छ।तर एकातिर संघीयता तर्फ गैसकेको अवस्थामा प्रदेश सरकारको अधिकार खोसिएको छ भने अर्का तर्फ संविधानमा भएको व्यावस्था समाबेसी समेत खोसिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार