विद्यालयलाई शैक्षिक सामाग्री

  नयाँ बुलन्द  94 पटक हेरिएको

जनकपुर : जनकपुरमा कर्मचारी सञ्चय कोषले कार्यालय स्थापना गरेको एक वर्ष पूरा गरेको अवसरमा गरिब, दलित, विपन्न जनजातिका बालबालिका अध्यायनरत धनुषाको बटेश्वरस्थित जनजाति राष्ट्रिय आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । कोषले संस्थागत सामाजिक उतरदायित्व वहन गर्दै विद्यालयलाई शैक्षिक सामाग्री र बालबालिकालाई सोमबार पाठय सामाग्री वितरण गरेको हो ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नं–५ बेंगालीटोलस्थित जनजाति राष्ट्रिय प्राविमा अध्यायनरत दलित गरिब असहाय र विपन्न समुदायका ३० जना बालबालिकालाई पाठय सामाग्री, विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । कर्मचारी सञ्चय कोषले बार्षिकोत्सवमा औपचारिक कार्यक्रम गरेर भोजभतेरमा रकम खर्च गर्नुको विकल्पमा विद्यालयमा अध्यायनरत बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नु उपयुक्त लागेको कार्यालय प्रमूख दर्शन भटराईले बताए ।

कोषले विद्यालयलाई दराज, भलिवल, नेट, पङ्खा, पुस्तकालय संचालनका लागि आवश्यक सामाग्री वितरण गरेको जनाएको छ । अधिकांस दलित समुदायको बसोबास रहेको वस्तीका बालबालिकालाई गतबर्ष पनि शैक्षिक सामाग्री वितरण गरिएको थियो । विद्यालयमा शिशु, कक्षा १ देखि दुई सय २५ जना बालबालिका अध्यायनरत विद्यालयकी प्रधानाध्यापक कोइलीदेवी जर्घामगरले बताइन् । बालबालिकालाई कापी, पेन्सिल, इरेजरको सेट दिइएको थियो ।

मुलुकमै उच्च तहको वित्तीय संस्थाको रुपमा स्थापित कर्मचारी सञ्चय कोषले सामाजिक कल्याणकारी कार्यको थालनी गरेको कोषका केन्द्रीय प्रशासक तुलसीप्रसाद गौतमले बताए । उनले कोषको शाखा कार्यालयवाट सञ्चयकर्तालाई शैक्षिक सापटी, सुत्केरी खर्च, विशेष सापटी, घर सापटी, एक लाखसम्मको सामान्य विमा र दश लाखसम्मको दुर्घटना विमा, क्षतिपूर्ति र काजकिरिया खर्च प्रदान गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार