माईभ्याली गोल्डकपको आयव्यय सार्वजनिक, हर्नुहोस् पूरा विवरण

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम सदरमुकाममा गत फागुन २६ देखि चैत ५ गतेसम्म सञ्चालन भएको पाँचौ संस्करणको माईभ्याली अन्तराष्ट्रिय गोल्डकप फूटबलको आयब्यय सार्वजनिक गरीएको छ ।

प्रतियोगिता सम्पन्न भएको १५ देखि २२ दिन भित्रमा आयब्यय सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको आयोजक माईभ्याली फूटबल क्लबले झण्डै साडे तीन महिनापछि मात्र आयब्यय सार्वजनिक गरेको हो । क्लबका कोषाध्यक्ष कमल सुबेदीले प्रस्तुती गरेको आयब्यय अनुसार क्लबले ६४ लाख ८३ हजार ३३३ रुपैंयाँ आम्दानी गरेको छ भने ६८ लाख ८९ हजार ४ सय ७१ रुपैंयाँ खर्च भएको छ ।

यसैगरी क्लबले अझै ४ लाख ४३ हजार ७ सय ८९ हजार रुपैंयाँ भुक्तानी गर्न बाँकी छ भने, दाताहरुबाट अझै २१ लाख ३२ हजार रुपैंयाँ उठ्न बाँकि रहेको छ । तत्कालको अवस्थामा गोल्डकपमा प्रतियोगिता घाटामा गएको देखिएपनि उठ्नुपर्ने रकम सबै उठिसक्दा क्लब मुनाफामा रहने जनाइएको छ ।

उठ्नुपर्ने रकम सबै उठ्ने रकम भएकाले यस प्रतियोगिताबाट क्लबले मुनाफा आर्जन गर्ने निश्चित भएको क्लबका अध्यक्ष धिरेन चेम्जोङ्गले बताए । उठ्नु पर्ने रबम सबै उठिसक्दा क्लबले १७ लाख २५ हजार ८ सय ६२ रुपैंयाँ बचत गर्ने बताइएको छ ।

हर्नुहोस् विस्तृत विवरण : 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार