लिवि मञ्‍चको पहलमा लिम्बू भाषामा पठनपाठन सुरु

  नयाँ बुलन्द
0 Shares

पथरी (मोरङ) : चन्द्रकिरातेश्वर माध्यमिक विद्यालय पथरी शनिश्चरे–७, मोरङमा लिम्बु भाषामा कक्षा ६ को पठनपाठन सुरु भएको छ । लिम्बु विद्यार्थीहरुको साझा संस्था लिम्बु विद्यार्थी मञ्च (लिवि मञ्च) को पहलमा मातृभाषामा पठनपाठन सुरु भएको हो ।

आइतबार नगर प्रमुख दिलिपकुमार राईले लिम्बु भाषाको पाठ्यपुस्तक वितरण गरेका छन् । राईले मातृभाषामा पठनपाठनको लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । २०६८ सालदेखि विद्यालयमा लिम्बु भाषाको अध्ययन अध्यापन सुरु गरेको विद्यालयका प्रधानाध्यापक हर्कजंग जिमीले जानकारी गराए । उनका अनुसार निजी स्रोतबाट मातृभाषा शिक्षक पूर्ण चेम्जोङले अध्ययन अध्यापन गराइराखेका छन् ।

विद्द्यालले लिम्बु भाषाको पुस्तक उपलब्ध नभएपछि श्री ५ को सरकारको पालाकै पाठ्यपुस्तक अध्ययन अध्यापन गर्दै आएको थियो । मञ्चका अध्यक्ष फिपराज बेघाले विद्यालयले पाठ्यपुस्तकको माग गरेपछि संस्थाले कक्षा १ देखि कक्षा ६ सम्म खरिद गरेर विद्यार्थीहरुलाई वितरण गरेको जनाए । पुस्तक लिम्बु विद्यार्थी मञ्च जिल्ला शाखा समिति मोरङले खरिद गरेको थियो । चन्द्रकिरातेश्वर जिल्लाकै लिम्बु भाषामा कक्षा ६ सम्म पढाउने पहिलो विद्यालय हो । अहिले लिम्बु भाषामा कक्षा १२ सम्म अध्ययन हुदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार