सुर्योदय मेयरकपको उपाधि मेचीनगरलाई

  नयाँ बुलन्द  125 पटक हेरिएको

इलाम : इलामको सुर्योदय नगरपालिका १२ करफोकमा संचालित दोश्रो सुर्योदय मेयरकप प्रतियोगिताको उपाधी मेेेची नगरपालिका झापाले जितेको छ ।

शनिबार सप्पन्न फाइनलमा देउमाई नगरपालिका इलामलाई ३-२ गोलको सघर्षपुर्ण जित निकाल्दै मेचीनगरले उपाधी जितेको हो ।

सुरुवाती अग्रता लिएको देउमाईले अन्तिम समयसम्म जोगाउन नसक्दा उपविजेतामा सीमित हुन बाध्य बन्यो । पहिलो हाफको ४१ औं मिनेटमा कर्ण लिम्बुले फ्रीकिकको सदुपयोग गर्दै गोलको खाता खोले ।

दोश्रो हाफमा मेचीनगर खेलमा फर्कियो । दोश्रो हाफको सुरुवातमै मेचीनगरका निरज बस्नेतले गोल गरि खेल बराबरीमा ल्याए । बस्नेतले पनि फ्रीकिकको सदुपयोग गर्दै गोल गरेका थिए ।

६८ औं मिनेटमा पुन मेचीनगरका निशन लिम्बूले गोल गरि २-१ को अग्रता बनाए । ७१ औं मिनेटमा पुन मेचीनगरका लिम्बूले नै गोल गरि टिमलाई ३-१ को अग्रता बनाउदै उपाधी नजिक पुर्याए ।

खेलको उत्तरार्धमा देउमाईका कर्ण लिम्बूले गोल गरि अग्रता घटाएका थिए ।

जितसगै विजेता मेचीनगरले नगद २ लाख र उपविजेता देउमाईले १ लाख हात पारे ।

सुर्योदय नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा इलामका ४ र झापाका ५ सहित ९ नगरपालिका टिमको सहभागिता थियो । प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिका सहित इलामका इलाम, देउमाई र माई नगरपालिका तथा झापाका दमक, शिवसतासी, कन्काई, मेचीनगर र अर्जुनधारा नगरपालिकाको सहभागिता थियो ।

खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्ने र नगरपालिकाभित्रका युवाहरुलाई दुव्र्यसनबाट मुक्त गराई उत्कृष्ठ खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको सुर्योदय नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार