‘नागरिकका लागि जिम्मेवार भएर काम गर्नु’

  याम माबोहाङ लिम्बू
0 Shares

इलाम : जनप्रतिनीधिले जिम्मेवार भएर काम गर्नपर्ने गणतन्त्र दिवसका अवसरमा मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको संघ, प्रदेश र स्थानीय सरकार बीचको अन्तर सम्बन्ध विषायक अन्तरक्रिया कार्यक्रमका सहभागीले बताए । उनिहरूले नागरिकका लागि जनप्रतिनीधिले गरेका प्रतिबद्धता र संघीयतालाई संस्थागत रूपमा कार्यान्वयन गर्न जिम्मेवार भएर काम गर्न सुझाएका हुन ।

अन्तरक्रियाका बक्ताले संघ, प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध स्पष्ट हुन आवश्यक भएको बताउँदै, तीन सरकारको चेपुवामा परेको नागरिकको समस्यालाई समाधान गर्न जनप्रतिनीतिले नीतिगत व्यवस्था गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।

उद्योग वााणिज्य संघका अध्यक्ष इश्वर चिपालुले स्थानीय सरकार सञ्चालनमा आएको तीन वर्ष पुरा हुँनै लाग्दा पनि नागरिकले दोहोरो समस्या भोग्नु परेको बताउँदै, जनप्रतिनीधिले जिम्मेवार भएर नीतिगत व्यवस्था गर्न सुझाए । उनले स्थानीय, प्रदेश र संघको विषयमा कानुनी अस्पष्टता हटाउन जनप्रतिनीधिले नागरिकको पक्षमा इमान्दार भएर काम गर्न सके मात्र संघीयताको आभास सर्वसाधारणसम्म पु¥याउन सकिने बताए ।

मञ्चका उपाध्यक्ष बीरबहादुर खड्काले कानुन निर्माण गरेर तीन सरकार बीचको सम्बन्धलाई प्रष्ट पार्नुपेर्नमा जोड दिए । उनले कानुनी व्यवस्थापनले मात्र समस्या समाधान हुने बताए ।

कार्यक्रममा छलफल पत्र प्रस्तोता बरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेलीले डाडु पन्यूँ हातमा हुनेहरू बढी सचेत र इमानी भएर नागरिकका लागि जिम्मेवारी पुरा गर्नुपर्ने बताए । उनले जनप्रतिनीधिले जिम्मेवार भएर काम गर्न नसके विद्यमान गरीबी, शोषण, दमन, उत्पीडनबाट समाज मुक्त हुन नसक्नेमा जोड दिए ।

अधिवक्ता लुङ्गेलीले जनप्रतिनीधिमा व्यवहारिहक परिवर्तन हुन आवश्यक भएको औल्याउँदै, जिम्मेवारी इमान्दार भएर कार्यान्वयन गर्न सुझाए । उनले बजेट उत्पादन नहुँने क्षेत्रतिर लगानी भइरहेको बताउँदै, करको मारलाई व्यवस्थापन गर्न उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय प्रमुख गणेशप्रसाद बरालले कानुन निर्माणको ढिलाईले तीन सरकार बीचको सम्बन्ध प्रष्ट हुन नसकेको स्वीकार गर्दै, नीतिगत व्यवस्थापन सहज हुन आवश्यक रहेको बताए । उनले अस्पष्टताको विषयमा सबै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै नीतिगत व्यवस्थापनका लागि काम गरिरहेको समेत जनकारी गराए ।

कार्यक्रममा राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनीति, सञ्चारकर्मी, प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिमल्सिनासहित सरकारी कार्यालयको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार