स्वास्थ्य चौकी भवन उदघाटन

  विविसी हाङखिम
0 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउँपिलका २ माइमझुवाको नवनिर्मित स्वास्थ्य चौकी भवन उदघाट्न गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राइको बिशेष आतिथ्यतामा उदघाट्न भएको हो ।

१ करोड ५५ लाख ५२ हजार ५ सय रुपैयाँको लागतमा भवन निर्माण भएको स्वास्थ्य चौकीका इन्चार्ज गजेन्द्र यादवले जानकारी दिए । भवनको परिसर ५ रोपनी क्षेत्रमा फैलिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष राईले आगामी वर्ष स्वास्थ्य चौकीको भवनलाई बृदावृद्धामैत्री घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । उदघाटन समारोह कार्यक्रमको अवसर पारेर करुणा फाउन्डेसन र स्वास्थ्य ब्यबस्थापन समितिका संयुक्त आयोजनामा विभिन्न अपाङ्गता भएका ब्यक्तिहरुलाइ ट्राइपोड लठ्ठी, स्पेसल कुर्सी, व्हील चियर र व्हाइट लठ्ठी वितरण गरिएको थियो ।

सन्दकपुर गाउँपालिका २ का अध्यक्ष गिरिराज खनालको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन श्याम्बल माविका शिक्षक डेगराज निरौलाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार