सानिमा बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  नयाँ बुलन्द  76 पटक हेरिएको

इलाम : इलामको फाकफोकथुम गाउँपालिकास्थित सिंहदेवी माध्यमिक विद्यालय आमचोकका २२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

गाउँपालिकास्थित सानिमा बैंक लिमिटेड फाकफोकथुम शाखाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गणतन्त्र दिवसको अवसर पारेर आज बाल विकास केन्द्रदेखि कक्षा १० सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

बैंकले विद्यार्थीहरुलाई पुस्तक बोक्ने झोला, कपी, डटपेन, पेन्सिल, डिक्सनेरीलगायतका शैक्षिक सामग्री वितरण गरेको बैंकका शाखा प्रबन्धक लक्ष्मण बिसङ्खेले बताउनुभयो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा लगानी गर्ने नीति अनुसार विद्यार्थीहरुलाई सामग्री वितरण गरेको जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण घतानीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, बैंकका शाखा प्रबन्धक लक्ष्मण बिसङ्खे, प्रधानाध्यापक मोतिखर पोखरेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन कट्टेललगायतले बैंकले गरेको सामाजिक उत्तरदायित्वमार्फत विद्यार्थीलाई छात्रवृत्तिस्वरुप शैक्षिक सामग्री वितरण कार्यको प्रशंसा समेत गरे । बैंकले आगामी दिनमा गाउँ, बजार सरसफाई, डम्पिङ साइट निर्माण, छात्रवृत्ति वितरण लगायतका कार्यक्रम गर्ने समेत शाखा प्रबन्धक बिसङ्खेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार