दोश्रो सूर्योदय मेयरकपको तयारी पूरा (भिडियो सहित)

इलाम : इलामको सूर्योदय नगरपालिकामा सञ्चालन हुन लागेको दोश्रो संस्करणको सूर्योदय मेयरकप आमन्त्रण फूटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सूर्योदयन गगरपालिकाको आयोजनामा सूर्योदय १२ करफोकमा हुने प्रतियोगिताको तयारी पूरा बुधबार पत्रकार भेटघाट गरी आयोजकले जानकारी दिएको छ ।

११ देखि १८ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा इलामका ४ र झापाका ५ गरी ९ वटा नगरपालिका टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिका सहित इलामका इलाम, देउमाई र माई नगरपालिका तथा झापाका दमक, शिवसतासी, कन्काई, मेचीनगर र अर्जुनधारा नगरपालिकाको सहभागिता रहनेछ ।

विजेताले नगद २ लाख र उपबिजेताले १ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलरक्षक सर्वाधिक गोलकर्ताले जनही ८ हजार रुपैयाँ पाउने मुल आयोजक समितिका संयोजक तथा सूर्योदय नगरपालिका १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।

खेलमा सहभागी टिमका १८ खेलाडी र २ अफिसियल सहित २० जनालाई यातायात खर्चको व्यवस्था आयोजकले गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न २० लाख ८१ हजार ९ सय ९८ रुपयाँ खर्च हुने अनुमान गरिएको छ ।

खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्ने र नगरपालिकाभित्रका युवाहरुलाई दुव्र्यसनबाट मुक्त गराई उत्कृष्ठ खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख रणबहादुर राईले बताए ।

आयोजक सूर्योदय नगरपालिकाले नगरभित्रका १८ खेलाडी छनौट गरि बन्द प्रशिक्षण दिइरहेको छ । नगप्रमुख राईले नगरपालिकाका खेल प्रशिक्षक अभिषेक श्रेष्ठलाई नगरपालिका टिमको जर्सी हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रम मार्फत नगरपालिका भित्रका क्रियाशील क्लब तथा संस्थाहरुलाई फूटबल, भलिबल र क्रिकेट विधाका खेल सामग्री वितरण समेत गरेको थियो ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार