घुम्ती शिविरमा ९ सय ५२ नागरिकता वितरण

  नयाँ बुलन्द  162 पटक हेरिएको

इलाम : इलामको चुलाचुली गाउँपालिकामा संचालित एकीकृत घुम्ती शिविरबाट ९ सय ५२ ले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

चुलाचुली गाउँपालिका ४ स्थित वालज्योति माध्यमिक विद्यालयमा संचालित चार दिने घुम्ती सेवा शिविरमा ४ सय ४ पुरुष र ५ सय ४८ महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

चुलाचुली गाउँपालिका र जिल्ला प्रशासन कार्यालय इलामको सहकार्यमा शनिबारदेखि संचालन गरिएको एकिकृत घुम्ती शिविरमा नेपाली नागरिकताको प्रमाण पत्रवितरण गर्नुका साथै अन्य सेवाहरु पनि उपलब्ध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलले जानकारी दिए।

शिविरमा १ हजार ४९ जनाले  फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराका छन् । ५ सय २५ मिहला र  ४ सय ९४ पुरुषले  फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

शिविरमा स्वास्थ्य उपचार तथा चेकजाँच तथा कृषि सेवा सम्बन्धिका सेवाहरु समेत प्रदान गरिएको थियो ।

ग्रामिण क्षेत्रमा सेवा शिविर संचालन गर्दा सेवा ग्राहीहरुलाई प्रत्येक्ष रुपमा लाभ प्राप्त भएको र आगामी दिनमा पनि स्थानीय तहहरुसँग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकिकृत घुम्ती शिविर संंचालन गर्ने पोर्तेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार