पाँचथर हत्याकाण्डमा भागेर बाँच्न सफल खजुमको दमकमा उपचार हुँदै

  नयाँ बुलन्द
0 Shares

पाँचथर : गएराति पाँचथरको आरुबोटेमा भएको विभत्स हत्याकाण्डमा भागेर बाँच्न सफल सीता खजुमको झापाको दमकमा उपचार सुरु भएको छ ।

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या भएको थियो । १२ वर्षीया सीता खजुम घटनाबाट भागेर मुस्किलले ज्यान जोगाउन सफल भएकी थिइन् । उनको दाहिने हात भाँच्चिएको बताइएको छ ।

उनलाई मंगलबार अपरान्ह दमक ल्याई लाईफलाईन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सीताको हात भाँचिेएको र हाल उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले बताए ।

घाइते सीताले स्थानीयबासीलाई बताएअनुसार अनुहार छोपेको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । उनी विक्षिप्त रहेको भन्दै भेटघाटमा चिकित्सक तथा सुरक्षाकर्मीले कडाई गरेका छन् ।

उनी आत्तिएको तथा डराएको अवस्थामा रहेको भए पनि शारीरिकरुपमा भने खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार