बोहोरा बन्धुहरुको कुलपुजा दमकमा सम्पन्‍न

  नयाँ बुलन्द
14 Shares

झापा : बोहोरा बन्धु परिवार प्रतिष्ठानद्वारा परम्परागत कुलपुजा (देवाली) दमक स्थित ताराबारिको कुल मन्दिरमा सोमबार विधि पुर्वक सम्पन्न भएको छ।

हरेक तीन वर्षमा गरिने देवालीलाई उभौली पर्वका अवसरमा कुलधामीबाट मण्डप पुजा,देवीदेउराली ,बोका पुजा तथा ब्राह्मणद्वारा चण्डीपाठ गरि गरिएको आयोजक समितिले जनाएको छ।

कुल पुजामा विभिन्न जिल्लाहरु अछाम,डोटी,काठमाण्डौं,रामेछाप,तेह्रथुम,भोजपुर,पाँचथर,इलाम,झापा,मोरङ,सुन्सरी र भारतको सिलिगुडी लगायत क्षेत्रका लगभग पाँच सय भन्दा बढी बन्धुहरु फुलभेटि सहित सहभागी रहेको बताइएको छ।

नेपालका अधिकाँश जातिहरुले मान्दै आएको देवाली पुजाले पित्रृ उद्घार हुने,कुल कुटुम्बाहरुसंग सुमधुर रहने,आत्म शान्ति हुने,छरिएर बसेका बन्धुलाई एकजुट गर्न सकिने,संस्कार र अस्तित्व बचाउँदै पहिचान स्थापित गर्ने उदेश्यले पर्व मनाउदै आएको बन्धु प्रतिष्ठानका केन्द्रिय सचिव पहलमान बोहोराले जानकारी दिए।
कुलपुजा तथा मन्दिर निर्माणको भुमिका निर्वाह गर्ने पूर्व अध्यक्ष ललित बोहोरा र प्रतिष्ठानलाई अघि बढाउन प्रेरणा दिने संस्थापक अध्यक्ष मानबहादुर बोहोरालाई कुलधामी बलराम बोहोराले विशेष धन्यवाद दिएका छन्।

उनीहरुको पहलमा बन्धुहरुसंग आर्थिक संकलन गरि चार कठ्ठा जग्गामा मन्दिर निर्माण गरिएको धामिले जनाए।

२०७३ साल देखि यसै मन्दिरमा कुलधामी अम्बरबहादुर र बलरामले शुरु गरेको पुजा अम्बरको निधन पछि युवा कुलधामी बलरामले सम्हाल्दै आएका छन्।
आगामी दिनमा यस प्रतिष्ठानले सरोकारवाला र अन्य जातजातीहरु संग हातेमालो गरि मन्दिरको आसपासमा वृद्धाआश्रम निर्माण गरि पीडित वृद्धवृद्धालाई आरक्षण दिइने वर्तमान अध्यक्ष देवेन्द्र बोहोराले बताए।
बोहोरा वंशका पुस्तकमा सवैलाइ समेट्न र कुल स्थापना विधीको प्रशिक्षण गर्न भारत र बर्मामा बसोबास गर्ने बन्धुहरु संग पनि संवाद भइरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार