आफ्नै स्वागत कार्यक्रममा मन्तव्य राख्‍ने क्रममा ढलेका शिक्षकको निधन

  नयाँ बुलन्द
21 Shares

पाँचथर : फिदिम नगरपालिका–१४, स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागो (एलबी वनेम) को मन्तब्य राख्ने क्रममा मृत्यु भएको छ । विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाई तथा नव नियुक्त शिक्षक फागोकै स्वागतका लागि आयोजित कार्यक्रममा मन्तब्य राख्ने क्रममा उनको मृत्यु भएको हो ।

कार्यक्रममा मन्तब्य राखिसक्ने बितिक्कै शिक्षक फागो बेहोस भएर ढल्न पुगेको स्थानीय राम बाँस्कोटाले बताए । अचानक बेहोस भएर ढल्न पुगेका फिदिम–११, मुलडाँडा स्थायी घर भएका ३५ बर्षिय शिक्षक फागोको केहीबेरमै मृत्यु भएको बताइएको छ ।

उनको शवलाई पोष्ट मार्टमका लागि सरदरमुकामतर्फ ल्याइदै गरेको फिदिम–८, तमाखेस्थित प्रहरी चौकीले जनाएको छ । शिक्षक फागोलाई केही दिन अघि मात्र करारमा नियुक्त गरिएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद बाँस्कोटाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार