दानाबारी : इलामको माई नगरपालिका १ स्थित वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समूहको कार्यालय भवन उद्घाटन तथा अन्तर सामुदायिक वन समूह खुल्ला फूटबल प्रतियोगिता सुद्घाटन भएको छ ।
किरात समुदायको महान् चाड उभौलीको अवसरमा शनिबार उद्घाटन गरिएको हो । माइ नगरपालिका १ का वडाअध्यक्ष पदमबहादुर फागोको प्रमुख आतिथ्यता र माई सव डिभिजन वन कार्यालयक प्रमुख सुरज निरौलाको विशेष आतिथ्यतामा उद्घाटन गरिएको हो ।
वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सुरु भएको फूटबल प्रतियोगितामा इलाम र झापाका २५ टिमको सहभागिता छ । प्रतियोगितका विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले २० हजार सहित मेडल र प्रमाणपत्र पाउने आयोजक समूहका अध्यक्ष करसिंह राईले जानकारी दिए ।
प्रतियोगितका लागि डिगम्बर बाबा समिल झापाका प्रोपाइटर चन्द्रबहादुर गुरुङले नगद २० हजार र कन्काई समिल झापाका प्रोपाइटर प्रकाश लुइटेलले नगद ११ हजार रुपैयाँ सहयोग गरेका छन् ।
फूटबल प्रतियोगिताको उद्घाटन शनिबार भएपनि खेलहरु भने आइतबारदखि मात्र संचालन हुने आयोजक समूहका अध्यक्ष राईले जानकारी दिए ।