शेर्पा साइबरका संचालक शेर्पाद्वारा विद्यार्थीलाई ट्रयाकसुट वितरण 

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामका युवा व्यवसायी लाप्साङ शेर्पाले इलाम ५ बरबोटेमा संचालित बौद्धिक अपाङ्गता श्रोत कक्षाका २७ जना बिद्यार्थीहरुलाइ ट्रयाकसुट वितरण गरेका छन् ।

सदरमुकामस्थित शेर्पा साइबर एण्ड ट्रेनिङ सेन्टरका संचालक समेत रहेका शेर्पाले शनिबार बुद्ध जयन्तीको अवसरमा आयोजिता कार्यक्रमा अमर माध्यमिक विद्यालय अन्तरगत संचालित श्रोत कक्षाका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन् ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ इलामका शम्भु थापा, इलाम नगरपालिका वडा नं ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ, श्रोत शिक्षक दिनमणी भट्टराई, विद्यालय व्यवस्थापन समिती सदस्य  मनराज जबेगु, अमर माविका प्रधानाध्यापक सोम निरौला, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जबेगूलगायतको उपस्थितिमा शेर्पाले ट्रयाकसुट हस्तान्तरण गरेका हुन् ।

इलामको अस्पताल रोडमा विगत केहि वर्षदेखी विद्युतीय सामाग्रीको पसल, मोवाइल बिक्री तथा मर्मत र बुद्ध धर्मावलम्बीहरुका लागि चाहिने सामाग्रीको व्यवसाय गर्दै आएका शेर्पा माईजोगमाईको प्याङबाट कलेज अध्ययनका लागि इलाम आएका थिए । उनले केहि महिनाअघि जिल्ला अस्पताल इलामलाई एक थान एलइडी टेलिभिजन समेत हस्तान्तरण गरेका थिए ।

शेर्पाले गत साता इलामको प्रसिद्ध पर्यटकीय स्थल भालुढुँगामा भगवान गौतम बुद्धको मुर्ति बनाइदिने प्रतिबद्धता समेत गरेका छन् ।

यसरी आफूले मिहेनत गरेर आर्जन गरेको सम्पति समाजमा सहयोग गर्दा आफूलाई खुसी लाग्ने बताउँदै सबैले समाजमा आफूले सकेको समाजमा योगदान गर्न सके समाजको परिर्वतन गर्न समय समेत नलाग्ने उनले बताए । यसरी नै सिद्धी सप्लायर्सका बजार ब्यवस्थापक किशोर तामाङ र कष्ण अग्रवालले खाद्य सामाग्री बितरण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार