चार वर्षमा परिवर्तनको अनुभूति पाइनेछ : मन्त्री विष्ट (भिडियो सहित)

  नयाँ बुलन्द  85 पटक हेरिएको


इलाम : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी ४ वर्ष भित्रमा नेपाली जनताले परिवर्तनको अनुभूति पाउने गरि सरकार अगाडि बढ्ने बताएका छन् । इलाममा भएको मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

‘चार वर्षको बीचमा नेपाली जनताले परिवर्तनको ठूलो अनुभूति पाउने गरि हामी अगाडि बढ्न जरुरी छ’ उनले भने ‘सरकार आजको दिनमा यही ढंले अगाडि बढ्न चाहन्छ ।’

मन्त्री विष्टले निष्कलङ्क भावनाका साथ देश र जनताका लागि कम्यूनिष्ट कार्यकर्ताहरु अगाडि बढ्नुपर्नेमा जोड दिए  । उनले थपे, ‘जबसम्म हामी त्यसरी अगाडी बढ्दैनौँ, तबसम्म हाम्रो अभियानका बिरुद्ध कोही अगाडि बढ्न सक्दैन ।’

उनले केही सीमित कमी कमजोरीहरुका बीचमा पनि कम्यूनिष्टहरुले समाजमा अगुवाई गरिरहेको बताउँदै समाज परिवर्तनका लागि कम्यूनिष्ट सरकारले भूमिका निर्वाह गरिरहेको र योगदान गरिरहेको बताए ।

‘त्यस्तो योगदान अरु कुनै दल वा पार्टीले गर्न सक्दैन, त्यसैले कम्यूनिष्ट पार्टीको एकता अनन्त कालसम्म हामीले खँदिलो बनाउन जरुरी छ’ उनले भने । पूर्व एमाले वा पूर्व माओवादी अब इतिहासमा मात्रै राखेर बर्तमानमा नेपाल कम्यूनिष्ट पार्टीलाई उचाईमा लानुपर्ने उनको भनाइ छ । जनतासमाचारबाट

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार