अमर कल्याण माविको नमुना भवन शिलान्यास

  नरेन इलामेली  72 पटक हेरिएको

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजार स्थित अमर कल्याण माध्यमिक विद्यालयमा नमुना विद्यालय भवन शिलान्यास गरिएको छ ।

नमुना विद्यालय निर्माणका कार्यक्रमहरु संचालन गर्दै आएको अमर कल्याणमा बिहिबार एक कार्यक्रममा भवनको शिलान्यास गरिएको हो ।

भवनको कार्यक्रमका प्रमुख अतिथि तथा माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राईले शिलान्यास गरेका हुन् ।

कार्यक्रमलाई संवोधन गर्दै गाउँपालिकाका अध्यक्ष राईले गाउँपालिका भित्रका विद्यालयहरुको विकासका लागि गाउँपालिकाले सँधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै विद्यालयका प्रधानाध्यापक धन बहादुर भण्डारीले विद्यालयलाई नमुना विद्यालय बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद व्यक्त गर्दै आगामी दिनमा समेत सबैको सहयोग रहने अपेक्षा रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार